संगालोखबर सम्बाददाता

धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धनकुटा आउँदैछन् । एमाले धनकुटाले सहिदभूमि गाउँपालिकाको छिन्ताङ्गमा आयोजना गरेको सहिद स्मृति सभालाई संवोधन गर्न ओली आउँन लागेका हुन् । बाम लोकतान्त्रिक आन्दोलनका क्रममा २०३६ सालमा राज्यको तर्फबाट हत्या गरिएका १६ जना सहिदहरुको ४३ औं स्मृति दिवसको अवसरमा एमालेले बिहान १०ः३० बजे छिन्ताङ्गको पञ्चकन्यामा सभा आयोजना गरेको छ ।

Advertisement

सोही सभालाई संबोधनका लागि ओली हेलिकप्टरमार्फत छिन्ताङ्ग आउँने एमाले धनकुटाका प्रचार बिभाग प्रमुख भेषराज कटेलले जानकारी दिए । कार्यक्रमलाई संवोधन गरेर ओली आजै हेलिकप्टरमार्फत काठमाडौं फर्कने कार्यक्रम छ । कार्यक्रममा एमाले नेताहरु सुवास नेम्वाङ्ग, भीम आचार्य लगायत पनि आउँदैछन् । एमाले धनकुटाले आइतवार पत्रकार सम्मेलन गरेर सभाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको थियो ।

सभामा धनकुटाका सात पालिकाका ६० वटै वडाबाट १० हजार भन्दा बढी मानिसको उपस्थिती हुँने एमालेले दावी गरेको छ । एमालेले हरेक बर्ष केन्द्रिय नेताहरुको उपस्थितीमा छिन्ताङ्गमा सहिद स्मृति सभा गरेर सहिदहरुको संझना र सहिद परिवारको सम्मान गर्दै आएको छ । ०३६ कात्तिक २७ गते खोकु छिन्ताङ्गमा भएको साँकृतिक कार्यक्रममा राज्यकोतर्फबाट गोली चलाइदा १६ जनाले ज्यान गुमाएका थिए । यो घटना ‘छिन्ताङ्ग हत्याकाण्ड’ का नामले परिचित छ ।

घटनाको ३८ बर्षपछि २०७४ पुस २८ गते सरकारले घटनामा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा गरेको छ । सहिद स्मृति दिवसको अवसरमा सहिदभूमि गाउँपालिकाले सदैझै आज पनि सार्वजनिक विदा दिएको छ ।

 

अबको चुनावमा सबै पार्टी मिल्दा पनि एमालेको कम्मर-कम्मर आइपुग्दैनन्: ओली

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!