कुरा गौतम बुद्धले धर्म प्रचार गरिरहेको बेलाको हो । त्यस कालमा अनाथपिण्डिक नामका एक व्यक्ति थिए । उनी आफै, उनका छोरा र दुई छोरी साह्रै धर्मात्मा थिए ।
उनले आफ्ना छोराको बिहे सुजाता नामकी एक युवती सँग गरिदिएका थिए । सुजाताको स्वभाव भने विपरीत । एक पटक भगवान अनाथपिण्डिकको घरमा जाँदा कोलाहल मच्चिरहेको रहेछ । कारण सोध्दा अनाथपिण्डिकले भगवानलाई सबै बताइदिए । त्यसपछि भगवानले सुजातालाई बोलाई सात प्रकारका श्रीमती बारे उपदेश दिएका रहेछन् ।
सात प्रकार यस्तो छ :
१. बधक श्रीमती
जो स्त्री आफ्ना श्रीमान प्रति द्वेष भाव राख्छे, अहित चिन्तन गर्छे, परपुरुषप्रति आशक्त भएर श्रीमानको अपमान गर्छे, श्रीमानको धनका लागि श्रीमानको बध गराउन पनि पछि पर्दैन, त्यस्ती पत्नी बधक पत्नी हुन्। यस्तो दुशील स्त्री मरणपछि नरक जान्छे।
२.चोरीसम (चोर) श्रीमती
श्रीमतीले कमाएर दिएको धन मध्ये केही अंश लुकाउँछे। यस्ती स्त्री पनि मरणपछि नरक जान्छे।
३. भगिनीसम (बहिनी जस्ती) श्रीमती
श्रीमानको सम्मान गर्ने, लज्जालु र पतिले भनेको मान्ने हुन्छे। यस्ती स्त्री पनि मृत्युपछि स्वर्गलोकमा जान्छे।
४. मातुसम (आमा जस्ती) श्रीमती
आमाले छोरोको हित चाहे जस्तै सँधै श्रीमानको हित चाहने हुन्छे । प्राप्त धनलाई राम्रोसित सनुम्हालेर राख्छे । यस्ती श्रीमती सदाचार युक्त भएकीले मरणपछि स्वर्णलोकमा गएर सुख भोग गर्छे।
५. आयासम (स्वामिनी) श्रीमती
केही काम नगर्ने, अल्छी, धेरै खाने, कठोर वचन बोल्ने, नोकरचाकरलाई अपमान गर्ने।
६.सखीभरिया (साथी जस्ती) श्रीमती
श्रीमान देखेर प्रसन्न हुने, आफ्नो कुल परम्परा कायम गर्ने, शीलवती तथा पतिव्रता हुन्छे । यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।
७. दासीसम (दासी जस्ती) श्रीमती
कहिल्यै नरिसाउने, शान्त स्वभावकी, दण्ड देखेर डराउने, श्रीमानको कुरा मान्ने, सहनशील हुन्छे । यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे ।- purbelinews