संगालोखबर
तस्बिर : एआईको सहयोगमा

विराटनगर । आज अप्रिल फुल, मूर्ख दिवसका रूपमा लिइन्छ । मूर्ख दिवसका दिन साथीभाइ लगायतलाई ढाँट्ने वा अनेक तरिकाबाट मूर्ख बनाउने चलन छ ।

नेपाल प्रहरीले पनि सचेतनाका लागि अप्रिल फुल मनाएको छ । प्रहरीले एउटा क्युआर कोड राखेर तपाईँ विरुद्ध कुनै उजुरी त परेको छैन ? सुनिश्चित गर्न एकपटक क्यूआर कोड स्क्यान गर्नुहोस् भन्दै पोष्ट गरेको छ ।

Advertisement

तर क्यूआर स्क्यान गर्दा अप्रिल फुल भन्ने सन्देश आउँछ । जसमा जनचेतनामूलक जानकारी दिइएको छ । तपाईँले स्क्यान गर्नुभएको क्यूआर कोड सचेतना अभियानको लागि हो । आज हामीले मजाक गरेका थियौँ । तर भोलि यस्तै क्यूआरबाट तपाईं स्क्याममा पनि पर्न सक्नु हुन्छ ।

‘याद राख्नुहोस्– आफूले नचिनेको व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त भएको क्यूआर कोड स्क्यान नगर्नुहोस् । आफूसँगै आफ्नो परिवारका सदस्यहरूलाई पनि सम्झाउनुहोस् । स्क्यान गर्नुअघि सधैँ भेरिफाइ गर्नुहोस् सचेत हुनुस्’, सन्देशमा भनिएको छ ।

पछिल्लो समय डिजिटल भुक्तानी र क्यूआर कोडको प्रयोग बढ्दै जाँदा साइबर अपराधीहरूले यसैलाई हतियार बनाउन थालेका छन् । यसले रमाइलो मात्र नभएर गम्भीर पाठ पनि सिकाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!