डेढ दर्जन क्लिनिक गैरकानुनी रुपमा सञ्चालित
गाईघाट, उदयपुर, १६ माघ । कटारी नगरपालिका, कटारी बजारमा सञ्चालन हुँदैआएका करिब तीन दर्जन मेडिकल हल तथा क्लिनिकमध्ये झण्डै डेढ दर्जन गैरकानुनी रुपमा सञ्चालन हुँदै आएका छन् ।
गत शुक्रबार र शनिबार क्षेत्रीय औषधि कार्यालय विराटनगरबाट कटारी बजारमा आएको टोलीले कटारीमा आउँदा यस्ता अवैध सञ्चालन हुँदै आएका क्लिनिक तथा औषधि पसलका सञ्चालक पसल नै बन्द गरेर भागेको स्थानीयवासी शम्भुप्रसाद दाहालले बताउनुभयो ।...






























