केरला, भारत, ८ जेठ। दक्षिण भारतमा पछिल्ला केही दिनमा फैलिएको निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको केरलाका स्वास्थ्य मन्त्री के के सैलजाले मङ्गलबार जानकारी दिए।

Advertisement

मन्त्री सैलाजाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, “ मङ्गलबार अपरान्ह्सम्म हामीले शङ्कास्पद १८ नमूनाहरू परीक्षण गरिसकेका छौँ । जसमध्ये १२ नमूनामा निपा भाइरसको सङ्क्रमण भेटिएको छ । सङ्क्रमित १२ मध्येमा १० जनाको मृत्यु भएको छ भने दुई जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।”

विगत २४ घण्टामा निपाको सङ्क्रमण भएका कुनै नयाँ विरामी अस्पतालमा आएको जानकारी छैन, उनले भने ।
मङगलबार बिहान प्राणघातक निपा भाइरसको सङ्क्रमण भै कोझिकोडे मेडिकल कलेज अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको थियो ।

मन्त्री सैलाजाले सोमबार दिएको जानकारी अनुसार निपा भाइरसबाट सङ्क्रमित विरामी एक्कासी देखा परेको र यो विरामीसँगको प्रत्यक्ष सम्पर्कबाट फैलिएको बताए । रोगको प्रकोपको समस्या अहिले नियन्त्रणमा आइसकेको र कुनै पनि निपा सङ्क्रमित रोगीको भारतीय सबै अस्पतालहरूमा उपचार गर्नेगरी व्यवस्था गरिएको उनले जानकारी दिए ।

मुख्यमन्त्री पिनरायी भिजयनले पनि निपाको सङ्क्रमण भेटिएसँगै राज्य सरकारद्वारा निकटमा रहेर समस्याबारे अनुगमन गरिरहेको र यसलाई थप फैलिन नदिन आवश्यक कदम चालिसकेको बताए ।

निपाको सङ्क्रमणको बिषयलाई साबधानीसाथ लिँदै संघीय सरकारका स्वास्थ्य मन्त्री जे पी नाडाले छ विशेषज्ञ चिकित्सक रहेको एक समूह बनाई निपाको प्रकोपबारे छानविन गर्न निर्देशन दिएका छन ।

के हो निपा?

पछिल्ला वर्षहरूमा देखिएको निपा भाइरस खासगरी जनवारहरूबाट मानिसमा सर्ने गर्छ। वैज्ञानिकहरूका अनुसार निपास भाइरसको संक्रमण एक प्रकारको चमेराबाट सुरु हुन्छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार यस रोगबाट बच्न सुँगुर तथा चमेराबाट टाढै बस्नुपर्छ। निपा संक्रमित मानिसमा ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या देखिने, बढी निद्रा लाग्ने तथा मानसिक समस्या देखिने हुन्छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!