तीजमा स्वस्थ्य र उद्यमी बन्न सन्देश

तीजमा स्वस्थ्य र उद्यमी बन्न सन्देश

पोखरा, २४ भदौ । हिन्दू महिलाको महान् चाड हरितालिका तीज महँगा होटेलमा दरखाने त्यहीअनुरुप गर गहना एवं कपडाको बढ्दो प्रयोगले भड्किलो बन्दै गएको अवस्थामा यहाँको एक सञ्चारगृहले भने संस्कृतिलाई विकृति नबनाउन प्रेरित गर्दै स्वस्थ्य र उद्यमी बन्न सन्देश दिएको छ । महिला वर्गको मात्र लगानी, सक्रियता र सञ्चालनमा रहेको रेडियो जननीले निःशुल्क क्यान्सर रोग परीक्षण शिविर, जनचेतना ¥यालीसँगै उद्यमशीलताको विका...
तीजको दरले ३ सय ५० बिरामी, तीनको अवश्था गम्भिर

तीजको दरले ३ सय ५० बिरामी, तीनको अवश्था गम्भिर

काभ्रे , २४ भदौ । काभ्रेको पाँचखाल नगरपालिका १२ कास्कोटे बालुवामा शुक्रबार ग्रामिण स्वावलम्बन बहुउद्देश्यिय सहकारीले आयोजना गरेको तीज कार्यक्रममा दर खाएकामध्ये ३ सय ५० जना विरामी परेका छन् । आफैंले पकाएको दर खाँदा प्रदेश सभा सांसद गोमा भुर्तेल पनि बिरामी पर्नुभएको छ । दर कुनै क्याटरिङलाई नदिइएको बताइएको छ । स्वास्थ्य मन्त्रालयको टोली शनिबार साँझ काभ्रे पुगेको छ । तीजको दर कार्यक्रम आयोजना गरि ...
सुनसरीमा सुरक्षित गर्भपतन गराउने बढ्दै

सुनसरीमा सुरक्षित गर्भपतन गराउने बढ्दै

इनरुवा, २२ भदौ । सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको संङ्ख्या बढ्दै गएको छ । आइपास नेपाल नामक संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७४/०७५ मा एक हजार २९३ जनाले सुरक्षित गर्भपतन गराएको आइपास नेपालका मजबुल आलमले जानकारी दिए । जिल्लामा चार वर्षको तथ्याङ्कलाई हेर्दा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या क्रमश : बढ्दै गएको देखिएको छ...
बाजुरामा पहिलोपटक आन्द्राको सफल शल्यक्रिया

बाजुरामा पहिलोपटक आन्द्राको सफल शल्यक्रिया

बाजुरा, २२ भदौ । बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया गरिएको छ । गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएकोे हो । डा दुर्गाराज महर्जन नेतृत्वको टोलीमा रहनुभएका डा टीकाराम राई, राजेश वर्मा, चुणामणि पन्त, सुनिता गुरुङ र यशोदा थापाले साढे चार घण्टा लगाएर आन्द्राको शल्यक्रिया गरिएकोे अस्पतालका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिनुभयो । उक्त ...
अस्पतालमा छोरी घर पुग्दा छोरा !

अस्पतालमा छोरी घर पुग्दा छोरा !

काठमाडौँ, २२ भदौ । गोदावरी नगरपालिका ८ जमुनाभाडीकी २३ बर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माईन । छोरीको स्वास्थ्यमा केही समस्या भएको भन्दै चिकित्सकले तुरुन्तै एसएनसियुमा भर्ना गरे । आमा प्रसुतिगृहमै भर्ना भइन् । भने छोरीलाई अलग्गै भवनमा राखियो । बेलुकी एसएनसियुबाट छोरीलाई दुध खुवाउन भन्दै उपचारमा संलग्न चिकित्सकले कालीकी आमा दिलु बोहरालाई बच्चा दिए । कालीले दुध खुव...
सातै प्रदेशमा आयुर्वेद अस्पताल खोलिँदै

सातै प्रदेशमा आयुर्वेद अस्पताल खोलिँदै

काठमाडौँ, २२ भदौ । सरकारले सातवटै प्रदेशमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल खोल्ने प्रक्रिया अगाडि बढाएको छ । सातवटै प्रदेशमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल निर्माण गर्ने योजनाअनुसार सरकारले प्रक्रिया अगाडि बढाएको हो । चिकित्सा विद्यामा आयुर्वेद ओझेलमा परेको भन्दै सरकारले सो विद्यालाई पहिलो प्राथमिकतामा राखेको छ । आयुर्वेद व्यवस्था विभागका अनुसार ५० बेड क्षमताको सुविधा सम्पन्न अस्पताल निर्माण गर...
एक लाख ७१ हजारको आँखाको उपचार

एक लाख ७१ हजारको आँखाको उपचार

चितवन, २१ भदौ । भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा आठ जिल्लाका एक लाख ७१ हजार ४०० को आँखाको उपचार गरेको छ । अस्पतालले विभिन्न जिल्लामा शिविर सञ्चालन र अस्पताल एवं आँखा उपचार केन्द्रमार्फत बिरामीको उपचार गरेको हो । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार भरतपुरमा रहेको मुख्य अस्पताल र भरतपुर हाइटमा रहेको बहिरङ्ग विभागमार्फत एक लाख १८ हजार ४५५ जना बिरामीको आँखाको उपचार गरिएको हो । विभिन...
कानेपोखरीमा नोबेलको शिविरबाट पाँच सय बिरामीको निःशुल्क उपचार (फोटो फिचरसहित)

कानेपोखरीमा नोबेलको शिविरबाट पाँच सय बिरामीको निःशुल्क उपचार (फोटो फिचरसहित)

विराटनगर, १९ भदौ । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मंगलवार मोरङको कानेपोखरीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्धेश्यले कानेपोखरी गाउँपालिका–६ रमाइलो मंगलवारेमा सञ्चालन गरिएको शिविरबाट ५ सय ७ जनाले निःशुल्क स्वास्थ्य उपचार सेवा पाएका हुन् । शिविरमा ८१ जनाको भिडियो ...
सरकार र चिकित्सक सङ्घबीच सहमति, आजबाट सबै अस्पताल खुल्ने

सरकार र चिकित्सक सङ्घबीच सहमति, आजबाट सबै अस्पताल खुल्ने

काठमाडौँ, १९ भदौ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादव र नेपाल चिकित्सक सङ्घबीच आज भएको वार्तामा सङ्घले उठाएका माग सम्वोधन गर्ने प्रक्रिया अघि बढाउन सरकार तयार भएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीको पहुँच गाउँगाउँसम्म पुगिसेकेको सन्दर्भमा विना शैक्षिक योग्यता तथा विना दर्ता उपचारमा सङ्लग्न भएमा बिरामीको ज्यान जोखिममा पर्न सक्ने हुँदा दफा २३० को उपदफा खारेज हुनुपर्ने लगायत चिकि...
रेडक्रसका महासचिव सी सोमबार नेपाल आउँदै

रेडक्रसका महासचिव सी सोमबार नेपाल आउँदै

काठमाडौँ, १७ भदौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव यास सी चारदिने भ्रमणका क्रममा सोमबार नेपाल आउँदै हुनुहुन्छ । महासङ्घमा विश्वका १९० देशका राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी आबद्ध छन् । नेपालमा विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि महासङ्घले अन्तर्राष्ट्रिय क्षेत्रबाट मानवीय सहायता एवं सेवा जुटाउन आह्वान गरेको थियो । आह्वानसँगै महासचिव सीवले न...
दिनहुँ बिहानै पिउनुहोस् मेथी भिजाएको पानी, हुनेछ यस्ताे फाइदा

दिनहुँ बिहानै पिउनुहोस् मेथी भिजाएको पानी, हुनेछ यस्ताे फाइदा

के तपाईले कहिल्यै मेथीको पानीको बारेमा सुन्नुभएको छ ? यदी सुन्नुभएको छैन भने थाहापाइ राख्नुहोस सधैं बिहान मेथीको पानी पिउनाले हुन सक्छ अमुल्य लाभ। थाहा पाउनुहोस मेथीपानी खानुका फाइदा: – कोलेस्ट्रोल कम गर्नु छ र क्यान्सर जस्तो बिरामीबाट सुरक्षित हुनको लागि पनि मेथीपानी एक सरल र प्रभावकारी औषधी हो । यतीमात्रै होइन यसले तपाईको कपाल र अनुहारको लागि पनि धेरै फाइदा गर्छ । – जोर्नीको दुखाईको लागि पनि...
आज देशभर स्वास्थ्य सेवा बन्द

आज देशभर स्वास्थ्य सेवा बन्द

काठमाडौँ, १७ भदौ । सरकारले मुलुकी अपराध संहिता संशोधन गर्ने लिखित प्रतिबद्धता पूरा नगरेको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने भएको छ। संघका महासचिव डा. लोचन कार्कीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र कानुनमन्त्री भानुभक्त ढकालसँग शुक्रबार सिंहदरबारमा भएको बैठकमा सकारात्मक परिणाम निस्कन नसकेकाले हडत...
बेनी अस्पताललाई ३० लाख मूल्यको डायलाइसिस उपकरण प्रदान

बेनी अस्पताललाई ३० लाख मूल्यको डायलाइसिस उपकरण प्रदान

बेनी, १४ भदौ । यहाँका एक परिवारले दिवंगत आमाको स्मृतिमा बेनी अस्पताललाई रु ३० लाख मूल्य बराबरको दुई थान डायलाइसिस उपकरण प्रदान गरेको छ । रघुगङ्गा गाउँपालिका–२ तल्लाघरका मुकुन्द र माधव सुवेदीले दिवंगत आमा धनीदेवी सुवेदीको स्मृतिमा मिर्गौला पीडित रोगीको उपचारका लागि सो उपकरण उपलब्ध गराउनुभएकोे हो । अस्पतालमा बुधवारआयोजित कार्यक्रममा सहयोगदाता सुवेदी परिवारका तर्फबाट माधव र उहाँकी धर्मपत्नी सपना ...
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ४७५ शैय्याको हुने

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ४७५ शैय्याको हुने

चितवन, १४ भदौ । विसं ०५७ मा १०० शय्याबाट शुरु भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ४७५ शैय्याको हुने भएको छ । तत्कालीन समयमा चीन सरकारको सहयोगमा एशियाकै नमूना अस्पताल बनाउने उद्देश्यले स्थापना गरिएको उक्त अस्पतालको नयाँ भवन बनेसँगै थप शय्या विस्तार गर्न लागिएको हो । हाल अस्पतालमा २२५ शय्या सञ्चालनमा छन् । नयाँ भवनमा २५० शय्या थपिने भएकाले बिरामी फर्कनुपर्ने अवस्था अन्त्य हुने अस्पतालले ज...
अन्धोपन निवारणका लागि भिजन ट्वान्टी-ट्वान्टी

अन्धोपन निवारणका लागि भिजन ट्वान्टी-ट्वान्टी

नेपालगञ्ज, १४ भदौ । नेपालमा अन्धोपन निवारणका लागि भिजन ट्वान्टी—ट्वान्टी कार्यक्रम सञ्चालन भएपछि आँखा उपचार सेवामा सबैको पहुँच पुग्न थालेको छ । संयुक्त राष्ट्रसंघले सन् १९९९ फेबु्रअरीमा ‘दृष्टिका लागि अधिकार’ नारासहित विश्वका करीब पाँच करोड नागरिकलाई अन्धोपनबाट जोगाउन भिजन ट्वान्टी—ट्वान्टी कार्यक्रम तर्जुमा गरेकामा नेपालले पनि सोही वर्षको नोभेम्बरमा उक्त कार्यक्रम अनुमोदन गरेको थियो । सो कार्य...
पुुरुषका लागि सौन्दर्य बढाउने चार घरेलु उपाय…

पुुरुषका लागि सौन्दर्य बढाउने चार घरेलु उपाय…

काठमाडौँ । सुन्दर अनुहारको चाहना महिलामा मात्रै होइन पुरुषमा पनि उत्तिकै हुन्छ । यहीकारण छाला सुन्दर बनाउन पुरुषहरू विभिन्न उपाय अपनाउँछन् । महिलाको तुलनामा पुरूषको छाला संवेदनशीलहुने भएकाले जथाभावी सौन्दर्यका सामान प्रयोग नगर्न चिकित्सकहरूको सुझाब छ । चर्को घाम, धूलो र धुँवाले पुरूषको अनुहारमा चाडै असर गर्छ । पुरुषको सौन्दर्य बढाउन र छालाको ख्याल राख्नका लागि सौन्दर्य विज्ञ सरिता शर्माका चार घर...
चीनमा सन्तानको सङ्ख्या तोक्ने व्यवस्था हटाउने तयारी

चीनमा सन्तानको सङ्ख्या तोक्ने व्यवस्था हटाउने तयारी

बेइजिङ । चीनले सन्तानको सिमितता तोकिएको परिवार नियोजनसम्वन्धी विवादास्पद नीतिहरू परिवर्तन गर्ने तयारी गरेको तथ्य सार्वजनिक भएको छ । चिनियाँ राज्यद्वारा सञ्चालित एक पत्रिकाले अधिकारीहरूलाई उद्धृत गर्दै सोमबार प्रकाशित गरेको समाचारमा दुई जना मात्रै सन्तान पाउन पाइने व्यवस्था हटाउन लागिएको उल्लेख छ । नयाँ बनाउन लागिएको देवयानी संहिताले दशकौँ देखिको विवाद अन्त्य हुने अधिकारीहरूले विश्वास लिएका छन्...
खोर्सानेमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर (फोटो फिचरसहित)

खोर्सानेमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर (फोटो फिचरसहित)

विराटनगर, ११ भदौ । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सोमबार मोरङको सुन्दरहरैचा नगरपालिका–१२ खोर्सानेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा २ सय ७५ जना बिरामीले स्वास्थ्य उपचार सेवा लिएको नोबेल अस्पतालले जनाएको छ । शिविरमा ४१ जनाको भिडियो एक्सरे, ४३ जनाको ल्यावटेष्ट र ५ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण्डलले बताए । उनका अनुसार शिविरमा उपचार सम्भव नभएका अर...
प्रजनन स्वास्थ्यको कमजोरी देखाएर सम्बन्ध विच्छेद गर्न नपाइने

प्रजनन स्वास्थ्यको कमजोरी देखाएर सम्बन्ध विच्छेद गर्न नपाइने

काठमाडौं ।  प्रजनन स्वास्थ्यको कमजोरी (रुग्णता) देखाएर श्रीमान्श्री/मतीमध्ये कसैले पनि एक अर्कालाई घरबाट निकाल्न, विस्थापित गर्न र सम्बन्ध विच्छेद गर्न वा गराउन नपाइने भएको छ । सङ्घीय संसद् सचिवालय सिंहदरबारमा दर्ता भएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी विधेयकमा भनिएको छ, “प्रजनन स्वास्थ्यको रुग्णताका कारण देखाइ कसैलाई पनि सम्बन्ध विच्छेद गर्न, घरबाट निकाला गर्न, विस्थापन ग...
एउटै अस्पतालमा काम गर्ने १६ जना नर्स एकैपटक गर्भवती !

एउटै अस्पतालमा काम गर्ने १६ जना नर्स एकैपटक गर्भवती !

काठमाडौँ,१० भदौ । अमेरिकाको ऐरिजोनास्थित एक अस्पतालमा काम गर्ने १६ जना नर्स एकैपटक गर्भवती भएका छन् । ब्यानर डेजर्ट मेडिकल सेन्टरको इन्टेन्सिभ केयर युनिटमा काम गर्ने १६ नर्स एकैपटक गभवती भएका हुन् । अक्टोबरदेखि अर्को वर्षको जनवरीमा सुत्केरी हुने मिति तोकिएका केही नर्सलाई आफू काम गर्ने अस्पतालमा आफूबाहेक अन्य १५ जना पनि गर्भवती भएको बारे फेसबुक ग्रुपमार्फत थाहा भएको बताइएको छ । रशेल शेरमन भन्छि...
अब ९८ दिन सुत्केरी बिदा, गर्भपतन गर्न पाउने

अब ९८ दिन सुत्केरी बिदा, गर्भपतन गर्न पाउने

काठमाडौँ, ९ भदौ ।  सुत्केरी महिलालाई यसअघि ९० दिन बिदा दिने कानुन थियो । हाल सरकारले आठ दिन बढाएर ९८ दिन तलबसहित बिदा दिने प्रस्ताव गरेको छ । सुरक्षित मातृत्व र प्रजननसम्बन्धी मौलिक हक कार्यान्वयन गर्न ल्याएको विधेयकमा सरकारले हरेक महिलालाई गर्भपतन गर्ने अधिकार हुने भनेको छ ।  आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।
अहिलेसम्मकै दूर्लभ ‘ओपन हार्ट सर्जरी’ मा ऐतिहासिक सफलता

अहिलेसम्मकै दूर्लभ ‘ओपन हार्ट सर्जरी’ मा ऐतिहासिक सफलता

काठमाडौँ, ८ भदौ । खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी) का क्षेत्रमा ऐतिहासिक एवं महत्वपूर्ण सफलता नेपाली चिकित्सकले प्राप्त गरेका छन् । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको हालसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरी मुटु रोगका क्षेत्रमा नयाँ उपलब्धि प्राप्त भएको जनाएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ उपप्राध्यापक...
श्रीलङ्कामा डेङ्गुबाट ४१ को मृत्यु

श्रीलङ्कामा डेङ्गुबाट ४१ को मृत्यु

कोलम्बो, ८ भदौ । श्रीलङ्कामा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट ४१ जनाको मृत्यु भएको र ३६ हजार भन्दा बढी प्रभावित भएको महामारी रोग नियन्त्रण संस्थाले शुक्रबार जानकारी दिएको छ । अगष्ट महिनामा मात्र देशभरी १ हजार ७५ जना डेङ्गुका बिरामी भेटिएका छन् भने गत महिना ६ हजार २२१ व्यक्तिमा सो रोग देखा परेको थियो । राजधानी सहर कोलम्बोमा यसवर्ष सबैभन्दा बढी ६ हजार ९३७ जनामा डेङ्गु पाइएको छ । दोस्रो स्थान...
छिनालिएको हात सफल शल्यक्रियाबाट जोडियो

छिनालिएको हात सफल शल्यक्रियाबाट जोडियो

सुर्खेत, ८ भदौ । मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा एक बिरामीको छिनालिएको हात उपचारपछि जोडिएबाट उनले नयाँ जीवन पाएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत हाडजोर्नी विशेषज्ञ डा.मंगल रावल, डा हरिहर देवकोटा, डा रमेश भट्टराई र सुर्खेत अस्पतालका डा.हरि सापकोटाको टोलीले बिरामी रमेश थारुको छिनालिएको दायाँ हात शल्यक्रिया गरेर जोड्नु भएको हो । बारदिया गाउँपालिका–४ बर्दिया गुर...
कोरियाली सरकारको सहयोगमा अत्याधुनिक सुविधासहितको एम्बुलेन्स

कोरियाली सरकारको सहयोगमा अत्याधुनिक सुविधासहितको एम्बुलेन्स

सोलुखुम्बु, ८ भदौ । कोरियाली सरकारको सहयोगमा योङ स्टार सामुदायिक स्वास्थ्य सेवा केन्द्र, सोलुखुम्बुलाई अत्याधुनिक सुविधासहितको एम्बुलेन्स सहयोग प्राप्त भएको छ । करीब रु एक करोड मूल्य बराबरको उक्त एम्बुलेसमा स्वास्थ्यसम्बन्धी अत्याधुनिक सामाग्री जडित रहेको छ । योङ स्टार सामुदायिक स्वास्थ्य सेवा केन्द्र र धुलिखेल अस्पतालको संयुक्त प्रयासमा सञ्चालित स्वास्थ्य केन्द्रलाई मध्यनजर गर्दै कोरियाली सरक...
कञ्चनपुर घटनाका घाइतेको निःशुल्क उपचार: गृहमन्त्री

कञ्चनपुर घटनाका घाइतेको निःशुल्क उपचार: गृहमन्त्री

काठमाडौँ, ८ भदौ । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनामा परेर घाइते भएका आन्दोलनकारीको स्वास्थ्योपचार सरकारले गर्ने बताएका छन् । कञ्चनपुरमा आन्दोलनका क्रममा घाइते भएर त्रिभुवन शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका अर्जुन भण्डारालाई आज अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आन्दोलनको क्रममा घाइते भएकाको उपचार सरकारले गर्ने बताउएका हुन । बलात्कारपछि हत्या भएकी निर्मला पन्तको हत्या...
एघार वर्षीय बालकद्वारा जीवनरक्षाको अपिल

एघार वर्षीय बालकद्वारा जीवनरक्षाको अपिल

तुलसीपुर, ८ भदौ ।  तुलसीपुर उपमहानगरपालिका–६ मोतीपुर निवासी ११ वर्षीय बालक शशी अधिकारीले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन् । आफ्ना दुवै मिर्गाैलाले काम नगरेकाले उपचारका लागि सहयोग गरिदिन सबैसंग आग्रह गरेका हुन् । बिहीबार तुलसीपुरमा उनले पत्रकार सम्मेलन गरी उपचारका लागि आवश्यक रकम आफ्नो परिवारसँग नभएकाले सबैको स–सानो सहयोगले पनि आफ्नो जीवनरक्षाका लागि ठूलो योगदान हुने बताए । उनले भने “बुबा अपा...
चिकित्सकको सिफारिशविना ट्रमाडोल बिक्री गर्न नपाइने

चिकित्सकको सिफारिशविना ट्रमाडोल बिक्री गर्न नपाइने

काठमाडौँ, ७ भदौ । औषधि व्यवस्था विभागले ट्रमाडोल नामक औषधि चिकित्सकको सिफारिशविना बिक्री वितरण नगर्न रोक लगाउने भएको छ । सो औषधि दुखाइ कम गर्न प्रयोग हुन्छ । केही मुलुकमा बिक्रीवितरणमा रोक लगाइएको सो औषधिलाई नेपालमा अन्यत्र प्रयोग हुन थालेपछि विभागले यही भदौ १५ गतेदेखि चिकित्सकको सिफारिशविना बिक्रीवितरणमा रोक लगाउन लागेको हो । औषधि पसलबाहेक अन्य खुद्रा पसलमा बिक्री वितरण गर्न बाँकी रहेका ती औषध...
चितवनमा पर्यटक लक्षित दन्त अस्पताल

चितवनमा पर्यटक लक्षित दन्त अस्पताल

चितवन, ७ भदौ । अमेरिका र युरोपलगायतका विकसित देशमा दाँतको उपचार महँगो हुने गर्दछ । ती देशमा दाँतको उपचार गर्ने पैसाले नेपालमा उपचारसँगै आकर्षक पर्यटकीय गन्तव्य नै घुमेर फर्किन पुग्ने दन्त चिकित्सक बताउँछन् । यसैलाई लक्षित गर्दै पर्यटकीय नगरी सौराहाको प्रवेशद्वार रत्ननगरमा दन्त अस्पताल स्थापना गरिएको छ । स्थानीय निकाय, पर्यटन व्यवसायी, उद्योगी व्यवसायीको सहयोगमा साइराम डेण्टल केयर नामबाट अस्पताल...
रक्त अभाव कम गर्न अभियानका रूपमा सशस्त्र प्रहरीको रक्तदान

रक्त अभाव कम गर्न अभियानका रूपमा सशस्त्र प्रहरीको रक्तदान

काठमाडौं, ७ भदौ । सशस्त्र प्रहरी बल नेपालले मुलुकमा देखिएको रक्त अभाव कम गर्न मुलुकभर रहेका सङ्गठनमा आज अभियानका रूपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । महानिरीक्षक प्रथम रक्तदान नाम दिइएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल मुख्यालय हलचोकमा महानिरीक्षक शैलेन्द्र खनालले रक्तदान गरे । सशस्त्र प्रहरी ऐन २०५८ जारी भएको अवसरमा आयोजना गरिएको सो कार्यक्रममा शान्ति, सुरक्षा, विकास र समृद्धिको सरकारी...
प्रम ओलीद्वारा आयुर्वेदिक चिकित्सालय भवन शिलान्यास

प्रम ओलीद्वारा आयुर्वेदिक चिकित्सालय भवन शिलान्यास

दमक, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ मा निर्माण हुने आयुर्वेदिक चिकित्सालयको आज शिलान्यास गरेका छन् । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट निर्माण हुनेसो चिकित्सालय ५० श्ययाको हुनेछ । प्रदेशस्तरीय सो आयुर्वेदिक चिकित्सालयमा दैनिक आकस्मिकसहित बहिरङ्ग सेवा, शल्यचिकित्सा कक्ष, सघन कक्ष, औषधालय, प्रयोगशाला सेवाजस्ता पूर्वाधार नि...
error: Content is protected !!