धनकुुटामा अमेरीकी टोलीद्वारा शल्यक्रिया शिविर गरिने, शिविर ब्यवस्थित गर्न समिति गठन
धनकुटा, ३० असोज । पहुँच विहिन तथा गरिव असहाय वर्गका लागि धनकुटा अस्पतालमा अमेरीकी स्वास्थ्य विशेषज्ञ टोलीद्वारा वृहत निःशुल्क शल्यक्रिया शिविर आयोजना हुने भएको छ ।
गरिव असहाय तथा पहुँच नभएर स्वास्थ्य उपचार गर्न नसकेका सर्वसाधारणलाई लक्षित गरि आगामी कार्तिक ५ देखि १७ गतेसम्म शिविर सञ्चालन हुने जनाईएको छ । शिविर व्यवस्थित रुपमा संचालन गर्न रोशेष श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको छ...





























