टेम्पो नियन्त्रणमा

टेम्पो नियन्त्रणमा

डोटी, ९ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दीपायलमा सञ्चालन हुँदै आएका तीन पाङ्ग्रे टेम्पो नियन्त्रणमा लिएको छ । तराईका लागि इजाजत लिएर पहाडी जिल्लामा उक्त टेम्पोहरु सञ्चालन हुन थालेपछि नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रमुख मोहनसिंह धामीले बताउनुभयो । जिल्लाका दिपायल, पिपल्ला, राजपुर, कालागाढ तथा पच्नाली क्षेत्रमा केही महिनादेखी उक्त टेम्पो सञ्चालन हुँदै आएका थिए । सो टेम्पो सात दिन भित...
शेयर बजारमा सामान्य सुधार

शेयर बजारमा सामान्य सुधार

काठमाडौँ, ९ माघ ।  धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । कारोवार मापक नेप्से परिसूचक ४.१५ विन्दुले बढेर एक हजार १७२.९८ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ विन्दुले बढेर २४८.७४ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख दुई हजार १०७ कित्ता शेयर रु २४ करोड ७७ लाख ४३ हजार १५५ मूल्यमा खरीद बिक्री भयो । कारोवार भएका कूल ११ ...
छ महीनामा दश अर्ब बराबरको आयात

छ महीनामा दश अर्ब बराबरको आयात

धनगढी, ९ माघ । सुदूरपश्चिम प्रदेशको कैलाली भन्सार कार्यालय नाकाबाट चालु आर्थिक वर्षको शुरु छ महीनामा रु नौ अर्ब ९९ करोड ६७ लाख बराबरका विभिन्न मालसामान आयात भएको छ । सामान आयातवापत करीब रु दुई अर्ब ४१ करोड ४१ लाख ८३ हजार राजश्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ । देशका अन्य सीमा नाका जस्तै कैलाली भन्सार कार्यालयबाट पनि बर्सेनि आयात बढ्दै गए पनि निर्यात वृद्धि हुनसकेको छैन । चालु आवमा सबैभ...
उत्तरी गोरखामा भारी हिमपात

उत्तरी गोरखामा भारी हिमपात

गोरखा, ९ माघ । उत्तरी गोरखामा गए रातिदेखि भारी हिमपात भएको छ । हिमालपारिको गाउँ भनेर चिनिने जिल्लाको उत्तरी सिमानामा पर्ने सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दिबास, चुम्चेत, छेकम्पारलगायतका ठाउँमा भारी हिमपात परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो । “छेकम्पार लार्के सामागाउँलगायतका क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको भन्ने जानकारी आएको छ”, उहाँले भ...
मुस्ताङमा थुनिएको कालीगण्डकी पुरानै स्वरुपमा बग्न थाल्यो

मुस्ताङमा थुनिएको कालीगण्डकी पुरानै स्वरुपमा बग्न थाल्यो

बेनी, ९ माघ । मुस्ताङको घरापजोङ गाउँपालिका–१ मा कृषि सामग्री संस्थान नजिकै सुख्खा पहिरोले थुनिएको कालीगण्डकी नदी पुरानै स्वरुपमा बग्न थालेको छ । गए राति हिमपातको कारण भूकम्पले चर्किएको जमीन रुखसहित कालीगण्डकी नदीमा खस्दा नदीको नियमित बहाव प्रभावित भएको थियो । दुई वटा रुख कालीगण्डकी नदीमा तेस्रिएको र सुख्खा पहिरोले कालीगण्डकी नदीको पानी केही रोकिएको भए पनि रुखलाई काटेर हटाएसँगै नदी पुरानै स्वरुप...
धुलिखेलमा साहसिक खेल ‘जिपलाइन’ शुरु हुँदै

धुलिखेलमा साहसिक खेल ‘जिपलाइन’ शुरु हुँदै

बनेपा, ९ माघ । पर्यटकीय क्षेत्र धुलिखेलमा आकर्षक तथा साहसिक खेल ‘जिपलाइन’ व्यवसाय छिट्टै सञ्चालन हुने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ र पाँचखाल नगरपालिका–५ को सिमानामा पर्ने खावामा ‘वल्र्डवाइड एड्भेञ्चर प्रालि’को सञ्चालनमा सो व्यवसाय शुरु हुन लागेको हो । प्रालिका सञ्चालक केदार थापाले नेपालकै पहिलो ‘सुपरम्यान जिपलाइन’ व्यवसाय आफूले सञ्चालन गर्न लागेको दावी गर्नुभयो । “सुपरम्यान जि...
अधिकांश स्थानमा वर्षा र हिमपात

अधिकांश स्थानमा वर्षा र हिमपात

काठमाडौँ, ९ माघ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ । पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्तिदेखि शुरु भएको वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यो क्रम आज रातिसम्म कायम रहनेछ । मङ्गलबार रातिदेखि शुरु भएको वर्षा बुधबार मध्याह्नतिर केही समय रोकिएपनि बेलुकीपखबाट पुनः शुरु हुने मौसमविद...
अमेरिकामा “भिडियो गेम”को व्यापार ४४ अर्ब डलर

अमेरिकामा “भिडियो गेम”को व्यापार ४४ अर्ब डलर

सान फ्रान्सिस्को, ९ माघ ।“फोर्टनाइट”, “पोकेमोन गो” समेतका लोकप्रिय “भिडियो गेम” उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालका वर्षहरुकै सबैभन्दा उच्च हो । इन्टरटेनमेन्ट सफ्टवेयर एसोसिएसन (इएसए) र बजार अनुसन्धाता एनपीडी समूहका अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा अमेरिकी गेमिङ उद्योगमा उपभोक्ताले गर्ने खर्चमा १८ प्रतिशतले वृद्धि भए...
धौलागिरि क्षेत्रमा गुणस्तर सुधार्दै टेलिकम

धौलागिरि क्षेत्रमा गुणस्तर सुधार्दै टेलिकम

बागलुङ, ९ माघ ।  धौलागिरि क्षेत्रमा नेपाल टेलिकमको सेवा विस्तार र गुणस्तर सुधारको काम तीव्र बनेको छ । पूर्वाधार र प्रविधिमा गरिएको सुधारले सेवा स्तरीय बन्दै गएको टेलिकम बागलुङ कार्यालयले जनाएको छ । कार्यालयले जिएसएम मोबाइल, सिडिएमए, ल्याण्डलाइन र इन्टरनेट सेवा प्रवाह गर्दै आएको छ । पछिल्लो अवधिमा सेवा विस्तार र गुणस्तरमा उल्लेख्य सुधार आएको कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताउनुभयो । ...
सुन्तला खरीद गर्न व्यवसायी घरघरै

सुन्तला खरीद गर्न व्यवसायी घरघरै

पर्वत, ९ माघ । बोटमा सुन्तला पहेँलिन शुरु गरेदेखि यो साता करीब दुई दर्जन व्यवसायी पर्वतको मोदी गाउँपालिका–२ देउपुरका दाताराम चापागाईंको घर पुगिसकेका छन् । सबैसँग मोलमोलाई गर्दागर्दै अन्त्यमा उहाँले पोखराका छत्र पुनलाई सुन्तला बेच्ने गर्ने निधो गर्नुभयो । सोही ठाउँकी कल्पना चापागाईंले पनि १४ रोपनी बारीको सुन्तला प्रतिकिलो रु ८० का दरले पुनलाई नै बिक्री गर्नुभयो । विगतका वर्षमा पुसको तेस्रो सातास...
अण्डाको सस्तो पसल सञ्चालनमा ल्याइने

अण्डाको सस्तो पसल सञ्चालनमा ल्याइने

चितवन, ९ माघ । उत्पादन गर्ने कृषकले लागत मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने भएपछि नेपाल अण्डा उत्पादक सङ्घ आफैँले विभिन्न क्षेत्रमा अण्डाको सस्तो पसल राख्ने भएको छ । हालको दरभाउअनुसार कृषकले एउटा अण्डाको रु ८.१६ पाउँदै आएका छन् भने उपभोक्ताले सोही अण्डा रु १५ सम्ममा किन्नुपर्ने बाध्यता छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार बिचौलियाका कारण कृषक ...
एक भारतीयसहित दुई जना पक्राउ

एक भारतीयसहित दुई जना पक्राउ

गौशाला, ९ माघ ।  भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका कपडाका साथ महोत्तरी प्रहरीले मङ्गलबार एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको सीतामढी जिल्लाको भेडियाही गाउँ पञ्चायत–५ का ४० वर्षीय सञ्जय साह र महोत्तरीको सोनमा गाउँपालिका–३ का ३५ वर्षीय लालबाबु राय रहेका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । भन्सार छलेर कपडा ल्याउँदै गरेका दुवैला...
दुर्घटनामा सत्ताइस जना घाइते

दुर्घटनामा सत्ताइस जना घाइते

कावासोती, ९ माघ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमार–अरुणखोलास्थित जङ्गलमा बस र बारुणयन्त्र एकापसमा ठोक्किँदा २७ जना घाइते भएका छन् । काठमाडौँबाट भैरहवाका लागि छुटेको लु१ख ८७९७ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ग ३१० नंको कावासोती नगरपालिकाको बारुणयन्त्र एकापसमा ठोक्किँदा  दुर्घटना भएको हो । गम्भीर घाइते सात जनाको भरतपुरमा उपचार भइरहेको छ । अन्यको मनका...
हुम्लामा हिउँमा चिप्लेटी

हुम्लामा हिउँमा चिप्लेटी

हुम्ला, ९ माघ । हुम्लामा पहिलो पटक स्किङ्ग (चिप्लेटी) शुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा चिप्लेटी सञ्चालन गरेका हुन् । हुम्ला सांस्कृतिक तथा पर्यटन पवद्र्धन युवा सञ्जाल तथा ‘स्कि स्नोबोडिङ फाउण्डेशन नेपाल’को सहकार्यमा चप्लेटी सञ्चालन गरिएको सञ्जालका अध्यक्ष अविनाश लामाले बताउनुभयो । “हिउँमा चिप्लेटी खेल्ने सामग्री एक हप्ता अगाडि नै ल्याएका हौँ, हामी हिमपातको पर्खाइमा थियौँ,...
जेल जानबाट बचे रोनाल्डो

जेल जानबाट बचे रोनाल्डो

काठमाडौँ, ८ माघ । स्पेनमा कर छलीको अभियोग लागेका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो १६.६ मिलियन युरो जरिवाना तिर्न सहमत भएका छन् । अदालतले उनलाई २३ महिना जेल सजाय पनि सुनाएको छ तर, उनी जेल बस्नु पर्ने छैन । यो सिजन रियल मड्रिड छाडेर युभेन्टस पुगेका रोनाल्डो मंगलबार स्पेनिस अदालतमा हाजिर भएका थिए । मिडियालाई छल्ने प्रयास गरेका रोनाल्डोले भिडियोमार्फत उपस्थित हुने वा अदालतको भवनमा कारमार्फत प्रवे...
रोजगारीमा जानेलाई डलर सटहीमा कडाई

रोजगारीमा जानेलाई डलर सटहीमा कडाई

काठमाडौँ, ८ माघ ।  नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका जानेलाई दुई समय अमेरिकी डलर मात्रै सटही सुविधा उपलब्ध गराउन निर्देशन गरेको छ । बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाका अनुसार सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २०० सम्म मात्र सटही सुविधा उपलब्ध गराउन निर्देशन दिइएको छ । बैंकले बैंकिङ कार्यालयलगायत सम...
महिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा

महिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा

मेलम्ची, ८ माघ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले महिलाका लागि निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ । सोमबारदेखि शुरु भएको कक्षामा ५० विद्यार्थी सहभागी छन् । बिहान ११ देखि बेलुका ५ बजेसम्म चल्ने कक्षामा दिवा खाजा र प्रतिविद्यार्थी रु एक हजार बराबरको स्टेशनरीको समेत व्यवस्था गरिएको छ । चौतारा बहुमुखी क्याम्पसमा आउँदो फागुन ७ गतेसम्म तयारी कक्षा सञ्चालन गरिने बताइएको छ । न...
लागुऔषधसहित चार पक्राउ

लागुऔषधसहित चार पक्राउ

काठमाडौँ, ८ माघ । प्रहरीले नागढुङ्गाबाट आज लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले नागढुङ्गा चेकपोष्टमा गाडी चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्सा पोखरीया नगरपालिका–४ का १८ वर्षीय अभिनाश यादव, गोकर्णेश्वर नगरपालिका–७ का २२ वर्षीय विजय भारती, काठमाडाँै बूढानीलकण्ठ नगरपालिकाका २१ वर्षीय सुदिप ठकुरी र २४ वर्षीय रा...
‘निर्मला हत्यामा गम्भिरताका साथ अनुसन्धान भइरहेको छ’

‘निर्मला हत्यामा गम्भिरताका साथ अनुसन्धान भइरहेको छ’

काठमाडौँ, ८ माघ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याबारे प्रहरीले इमान्दारपूर्वक उच्च प्राथमिकता साथ अनुसन्धान गरिरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले पन्तको हत्याको अनुसन्धानमा प्रहरीलाई कुनै दबाब नआएकाले चाँडै दोषी पत्ता लाग्ने विश्वास व्यक्त गर्नुभयो । “नेपाल प्रहरीलाई निर्मला हत्याको दोषील...
एक्काइस अभियानकर्मी पक्राउ

एक्काइस अभियानकर्मी पक्राउ

काठमाडौँ, ८ माघ ।  सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा धर्ना दिँदै आएका मानवअधिकार तथा शान्ति समाजका २१ अभियानकर्मी पक्राउ परेका छन् । प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईं, डा गङ्गाधर अधिकारी, सचिव बलबहादुर गाहामगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिना, काठमाडौँ शाखाका कार्यबाहक सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखाका स...
गाडीका सिट निकाल्दै

गाडीका सिट निकाल्दै

डोटी, ८ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ । डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी दुर्घटना बढेपछि लामो दूरीका गाडीले आफूखुशी जोडेका सिट हटाउने अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्य...
बबईमा १० किलोमिटर तटबन्ध

बबईमा १० किलोमिटर तटबन्ध

लमही, ८ माघ । बबई नदीले कटान गरेको दाङ क्षेत्रमा पर्ने करीब १० किलोमिटर तटबन्ध निर्माणको काम पूरा भएको छ । नदीले खेतयिोग्य जमीन कटान गर्न थालेपछि आर्थिक वर्ष २०६६/६७ मा जनताको तटबन्ध लमही कार्यालय स्थापना गरी नदीले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माण गर्न थालिएको हो । दाङ खण्डमा बबई नदीले कटान गरेको दुबै किनारा गरी करीब २० किलोमिटर क्षेत्रमा चालु आर्थिक वर्षभित्र तटबन्ध गर्नुपर्ने हो तर अहिलेसम...
शेयर बजार : सामान्य अङ्कले वृद्धि

शेयर बजार : सामान्य अङ्कले वृद्धि

काठमाडौँ, ८ माघ ।  धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आज ०.७८ बिन्दुले बढेर एक हजार १६८.८३ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४३ बिन्दुले बढेर २४८.०५ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कुल १५६ कम्पनीको १० लाख २४ हजार ६१५ कित्ता शेयर रु २९ करोड २२ लाख १४ ह...
कांग्रेसद्वारा संसद अवरुद्ध

कांग्रेसद्वारा संसद अवरुद्ध

काठमाडौँ, ८ माघ  ।  प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारमाथि दुई तिहाईको दम्भ देखाएको आरोप लगाएको छ । आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द गर्न खोजेको भन्दै कांग्रेसले लगातार संसद अवरुद्ध पार्दै आएको छ । संसदको मंगलबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले प्रकाशमान सिंहलाई समय दिए । उनले दुबै अस्पताललाई संघीय सरकार म...
डोटीमा हिमपात

डोटीमा हिमपात

डोटी, ८ माघ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा गए रातिदेखी हिमपात शुरु भएको छ । हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै भारी वर्षाका कारण डोटीका लेकाली बस्ती हिउँले सेताम्य भएका छन् । हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन सकिरहेका छैनन् । जिल्लाको खप्तड, भल्मा, गोलादेउ, शिखर, नापानी, केदार धुरा, उदैनीलगायत उच्च लेकाली क्षेत्रमा अहिलेसम्म पनि परिरहेको स्थानीयवासी दीप...
नेकपा अध्यक्ष दाहाल अस्वस्थ

नेकपा अध्यक्ष दाहाल अस्वस्थ

काठमाडौँ, ८ माघ ।  नेपाल कम्युनिस्ट पार्टी( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ हुनु भएको छ । चिकित्सकको सल्लाहबमोजिम उहाँ निवासमा आराम गरिरहनुभएको छ । उहाँको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् । चिकित्सकले उहाँलाई केही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेको बताइएको छ । यसैबीच सुमेरु अस...
नापी कार्यालय बर्दिवास सञ्चालन नहुँदा सेवाग्राही मर्कामा

नापी कार्यालय बर्दिवास सञ्चालन नहुँदा सेवाग्राही मर्कामा

बर्दिवास, ८ माघ । महोत्तरीस्थित उत्तरी क्षेत्रका बासिन्दा सरकारी कार्यालयबाट सेवा सञ्चालन नहुँदा प्रभावित भएका छन् । जिल्लाको उत्तरी क्षेत्रका तत्कालीन नौवटा गाविस (हाल बर्दिवास नगरपालिकाको सबै क्षेत्र र भङ्गाहा नगरपालिकाको पुरानो भङ्गाहा गाविस क्षेत्र) का नागरिकलाई सेवा दिने उद्देश्यले २०७२ साल जेठ १७ गते सरकारले जिल्ला नापी कार्यालयको सम्पर्क कार्यालय बर्दिवासमा स्थापना गर्ने निर्णय गरेको थिय...
देशभर मौसम बदली, काठमाडौँमा पानी पर्ने

देशभर मौसम बदली, काठमाडौँमा पानी पर्ने

काठमाडौँ, ८ माघ ।  मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेलामा घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपराह्नदेखि भने देशभर पूर्ण बदली भई हल्का वर्षा र उच्च पहाडी भेगतिर मध्यम खालको हिमपात हुने मौसमविद् गङ्गा नगर...
दश सुक्खा क्षेत्रमा खानेपानी आयोजना

दश सुक्खा क्षेत्रमा खानेपानी आयोजना

काठमाडौँ, ८ माघ । सरकारले १० वटा सुक्खा क्षेत्रमा बृहत् खानेपानी आयोजना निर्माण कार्य शुरु गरेको छ । विभिन्न समयमा सरकारले सुक्खा क्षेत्र घोषणा गरेका बस्तीलाई आधार मानेर त्यस क्षेत्र वरपरका जनतालाई सर्वसुलभ रुपमा खानेपानी उपलब्ध गराउने उद्येश्यले सरकारले बृहत् खानेपानी आयोजना निर्माण कार्य शुरु गरेको हो । निर्माण हुन लागेका आयोजनामा यशोक बृहत् पम्पिङ खानेपानी आयोजना पाँचथर, आङ्ना मौवा बृहत् पम्...
भूकम्पको धक्का महसुस

भूकम्पको धक्का महसुस

काठमाडौं,  ८ माघ  । मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ११ः२६ मा काठमाडौंको थापाथली आसपास केन्द्रबिन्दु भएर ३.३ म्याग्निच्युटको भूकम्प गएको हो । केन्द्रले यो नयाँ भूकम्प नभई २०७२ सालको महाभूकम्पको पराकम्प भएको जानकारी दिएको छ ।
चट्याङबाट एक जनाको मृत्यु

चट्याङबाट एक जनाको मृत्यु

परशुराम, ८ माघ । डडेल्धुरामा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ ।  दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन् । बिहान घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो । आलिताल गाउँपालिका–५ भित्रिसेनमा चट्याङ लागेर मानबहादुर विष्ट र गोमती विष्ट घाइते भएका छन्...
error: Content is protected !!