डोटी, २२ माघ । लामो समयदेखि जिल्लामा शिक्षण पेशामा रहेका एक शिक्षकले नौ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीका अनुसार बालिकालाई एकान्त कोठामा लगी अश्लील चलचित्र देखाउँदै दुव्र्यवहार गरेको भन्ने उजुरी परेको छ । दुव्र्यवहार गर्ने शिक्षकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।

पीडित पक्षको जाहेरीका आधारमा निजमाथि छानबिन गरी सोही अनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ । प्रहरीले विद्यार्थीमाथि यौन दुव्र्यवहार गर्ने ५१ वर्षीय शिक्षकको नाम भने गोप्य राखेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!