बेत्रावती, २३ माघ । विदुर नगरपालिका–२ मा आज अपराह्न मिनीट्रकले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । ना.२ख ९७५२ नंको गाडीको ठक्करबाट ८० वर्षीय मानबहादुर शाहीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो ।
उहाँको अनुसार वीरगञ्जबाट कोइला बोकेर आएको गाडी नुवाकोट मण्डलाको उकालोमा अनियन्त्रित भई सडक छेउमा हिँडिरहेका शाहीलाई ठक्कर दिएको हो । दुर्घटनापश्चात् गाडी र त्यसका चालकलाई प्रहरीले कारवाहीका लागि नियन्त्रणमा लिएको छ ।