काठमाडौँ, २२ माघ । प्रहरीले नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरसहित सातलाई पक्राउ गरेको छ ।

Advertisement

पोखरामा गाडी जलाएको विरोधमा पक्राउ परेका नेविसङ्घका नेतालाई रिहाइ गर्न माग गर्दै आज काठमाडौँमा प्रदर्शन गर्दा प्रहरीले तिनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेविसङ्घका उपाध्यक्ष नवीन राई, नेता डम्बर सुनार, सञ्जीव ढकाल, सञ्जीव खड्का, सागर पाण्डे र शङ्कर खड्का छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले विद्यार्थीले निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकालाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!