काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलमा चर्चित प्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त आज राती हुँदैछ ।

Advertisement

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा खेलिने सेमिफाइनलको पहिलो लिग रोचक बन्ने अपेक्षा गरिएको छ ।

बार्सिलोना र रियलबीचको इएल क्लासिको विश्वकै चर्चित र सबैभन्दा धेरैले हेर्ने फुटबल प्रतियोगिता हो । कोपामा बार्सिलोना र रियलको भेट यसपटक सेमिफाइनलमै भएको छ । यसअघि यी दुई टोली सन् २०१४को फाइनलमा भिडेका थिए । त्यतिवेला रियल विजयी भएको थियो ।

सो खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले खेल्न सक्ने वा नसक्ने अझै टुंगो लागेको छैन । ला लिगा अन्तर्गत गत बुधबार भ्यालेन्सियाबिरुद्धको खेलमा तिघ्रामा चोट लागेका मेस्सी अभ्यासमा समेत देखिएका छैनन् । उनको बारेमा प्रशिक्षकले अन्तिममा निर्णय गर्ने बताइएको छ ।

मेस्सी खेल्न सकेनन् भने बार्सिलोनालाई दवाव पर्ने देखिन्छ । मेस्सीको अभावमा बार्सिलोनाका लागि लुइस स्वारेज र फिलिपे कोउटिन्होको जिम्मेवारी बढी हुनेछ ।

यसैगरी ला लिगाको सुरुवाती खेलमा कमजोर देखिएको रियल अहिले लयमा छ । रियलले बार्सिलोनाविरुद्ध पनि राम्रो लय समात्ने दावी गरेको छ । रियले बार्सिलोनाविरुद्ध रोजाईका खेलाडी करिम बेन्जेमा, ग्यारेथ बेल र भिनिसियस जुनियरलाई उतार्ने तयारी गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!