विद्युत् चुहावट नियन्त्रणमा सफलता
काठमाडौँ, २३ माघ । लामो सयमदेखि विकराल समस्याका रुपमा रहेको विद्युत् चुहावटलाई गुणात्मकरुपमा घटाउन नेपाल विद्युत् प्राधिकरण सफल भएको छ । प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार चालू आर्थिक वर्षको पाँच महीनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा सीमित भएको छ ।
प्राधिकरणले चालू आवमा १८.५० प्रतिशत विद्युत् चुहावट सीमित गर्ने लक्ष्य राखेको थियो । आर्थिक वर्ष २०७४/७५ को अन्त्यमा प्राधिकरणको प्रणाल...
































