काठमाडौँ, २५ माघ । दुर्घटनामा परेर खुट्टा गुमाएका १९१ अपाङ्गता भएका व्यक्तिलाई मारवाडी सेवा समितिले कृत्रिम खुट्टा वितरण गरेको छ । गत वर्ष साउनदेखि अहिलेसम्म उनीहरुलाई कृत्रिम खुट्टा वितरण गरेको समितिले जनाएको छ ।

Advertisement

सकेसम्म आर्थिक रूपमा विपन्न व्यक्तिलाई छनोट गरेर कृत्रिम खुट्टा वितरण भइरहेको अर्थाेपेडिक प्राविधिक हरिराम बोगटीले बताउनुभयो । सम्पर्कमा आएका अधिकांशलाई कृत्रिम खुट्टा दिइए पनि आफैँ खर्च गरेर हाल्न नसक्नेलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।

गौशालास्थित धर्मशालामा नियमितरूपमा यो सेवा जारी छ भने समितिले कतिपय जिल्लामा शिविर गरेर कृत्रिम खुट्टा बढी आवश्यक व्यक्तिको खोजी गरिएको उहाँले बताउनुभयो ।

‘खुट्टा भए वैशाखी किन’ भन्ने नाराका साथ समितिले गत वर्षदेखि कृत्रिम खुट्टाको वितरण थालेको मारवाडी परिषद्का पूर्वसंयोजक गोपाल बजाजले बताउनुभयो । आर्थिक रूपमा विपन्न व्यक्तिलाई कृत्रिम खुट्टा वितरणसँगै पहिले कृत्रिम खुट्टा राखेका व्यक्तिको परीक्षण गरिएको समितिले जनाएको छ ।

नेपालमा घुँडामुनिसम्मको कृत्रिम खुट्टाको रु ४०/५० हजारको हाराहारीमा घुँडामाथिको झण्डै रु एक लाखसम्म खर्च पर्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!