काठमाडौँ, २८ माघ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार नुवाकोट, कास्की, रौतहट, तनहुँ र उदयपुरमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।

Advertisement

नुवाकोटको तार्केश्वर गाउँपालिका–२ टापुस्थित त्रिशुली नदीको किनारामा नाम नखुलेकी करिब ६५ वर्षीया महिला सोमबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् ।

त्यसैगरी उदयपुर चौडण्डीगढी नगरपालिका–७ लामाचौरी बस्ने ४९ वर्षीया बिवा परियार सोही ठाउँस्थित लाटीखोलाको बगरमा सोमबार बिहान मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उता, पोखरा महानगरपालिका– ३२ राजचौतारास्थित तालखोलाको किनारमा सोही ठाउँ बस्ने ६० वर्षीय नरबहादुर परियार सोमबार दिउँसो मृतअवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार उनी आइतबार साँझदेखि हराएका थिए ।

त्यसैगरी रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ स्थित जंगलमा सोही ठाउँ पौराई बस्ने ३५ वर्षीय

खडकप्रसाद अधिकारी सोमबार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यसैवीच, तनहुँ शुक्ला गण्डकी नगरपालिका– ८ मालेबगर बस्ने ४६ वर्षीय रामबहादुर मल्ल आफ्नै

घरदेखि ६ सय मिटर टाढा सडकमा सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!