काठमाडौँ, २८ माघ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको टी ट्वान्टीको नयाँ वरियतामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले वरियता सुधार गरेका छन् ।

Advertisement

यसै महीना संयुक्त अरब इमिरेट्स (युएइ) मा सम्पन्न युएइविरुद्धको तीन खेलको टी ट्वान्टी सिरिजपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान खड्का व्याटिङतर्फ छ स्थान सुधार गर्दै ९०औँ स्थानमा उक्लेका छन् । अघिल्लो महीना कप्तान खड्का ९६औँ स्थानमा थिए ।

त्यसैगरी अलराउन्डतर्फ कप्तान खड्का ४०औँ स्थानमा रहेका छन् । त्यस्तै नयाँ वरियताको बलिङतर्फ सोमपालले २३औँ स्थान सुधार गर्दै ७०औँ स्थानमा उक्लेका छन् । सोमपाल यसअघि ९३औँ स्थानमा थिए । सोमपाल अलराउण्डरतर्फ भने ५१औँ स्थानमा छन् ।

बलिङतर्फ वसन्त तीन स्थान सुधार गर्दै ७१औँ स्थानमा उक्लेका छन् । अघिल्लो महीना वसन्त ७४औँ स्थानमा थिए । नयाँ वरियताअनुसार ब्याटिङमा पाकिस्तानका बाबर आजम, बलिङमा अफगानिस्तानका राशिद खान र अलराउन्डरतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सवेल शीर्षस्थानमा रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!