डोटी, २७ माघ । वर्षौंदेखि बिजुली नहुँदा अन्धकारमय बनेको सायल गाउँपालिका–४ राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिएको छ ।

Advertisement

सायल गाउँपालिका–४ का वडाध्यक्ष टीका सिंहका अनुसार राष्ट्रिय विद्युत् प्रसारणमा जोडिएसँगै उक्त वडामा ८० विद्युत् मिटर वितरण गरिएको छ । सो वडामा १०० भन्दा बढी परिवारले बिजुली बाल्न थालेका छन् ।

गाउँपालिकाका अध्यक्ष तेज डुम्रेलले यसै वर्षभित्र सबै वडामा विद्युत् लाइन विस्तार गरिने बताउनुभयो । यसअघि यहाँका बासिन्दा सोलार तथा टुकी प्रयोग गर्दै आएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!