भीमदत्तनगर, २७ माघ । नागरिक–सैनिक सम्बन्ध सुदृढीकरणका लागि नेपाली सेनाले आज सरस्वती पूजाको दिन विद्यालयलाई पुस्तकालय बनाएर हस्तान्तरण गरेको छ । सेनाको भगतपुर ब्यारेकस्थित सिंहशार्दुल गुल्मले कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा रहेको शान्ति माध्यमिक विद्यालयमा पुस्तकालय हस्तान्तरण गरेको हो ।

Advertisement

पुस्तकालयलाई पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले उद्घाटन गर्नुभएको छ । टोलकै नामबाट ‘अंशुबर्मा पुस्तकालय’ स्थापना गरिएको सिंह शार्दुल गुल्मका गुल्मपति सेनानी विदुरध्वज अधिकारीले जानकारी दिनुभयो ।

पुस्तकालयका लागि आवश्यक पुस्तक खरिद र सहयोगबाट प्राप्त गर्र्नाका साथै फर्निचरको समेत सेनाले व्यवस्था गरेको छ । “सेनाले नागरिकसँगको सम्बन्ध थप स्थापित गर्न विभिन्न सामाजिक काम गर्दै आएको छ ।”

सोही कार्यक्रममा विद्यालयका तर्फबाट गुल्मपति अधिकारीलाई सम्मानपत्रसहित अभिनन्दन गरिएको हो । कार्यक्रममा पुनर्वास नगरपालिका–१ का वडाध्यक्ष प्रतापबहादुर चन्द, विद्यालयका प्रधानाध्यापक राजेन्द्र रोकायालगायतको सहभागिता रहेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!