- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

बिराटनगर । कक्षा १२ को परीक्षा बुधबारदेखि सुरु हुँदैछ । असोज ८ गतेसम्म परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । विद्यार्थीको भौतिक उपस्थितीमै सञ्चालन हुँने परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन् ।

परीक्षामा विद्यार्थीलाई होम सेन्टरको व्यवस्था मिलाइएको छ । ४ हजार ३१५ वटा परीक्षा केन्द्र तोकिएको छ । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको भएपनि कोरोनाका कारण परीक्षा सारिएको हो ।

प्रवेश पत्रका आधारमा कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप लगाउँने व्यवस्था मिलाएर भौतिक उपस्थितीमै परीक्षा सञ्चालन गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!