काठमाडौं । कुमारी बैंक लिमिटेडले महिला हिंसा न्युनीकरण तथा प्रतिकार गर्न महिलाहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षणको व्यवस्था मिलाएको छ । ‘आत्मरक्षाको माध्यमबाट महिला सशक्तिकरण’ को उद्धेश्यसहित बैंकले २० औं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न स्थानहरुमा महिलाहरुलाई प्रशिक्षणको व्यवस्था मिलाएको हो ।
महिलाहरुलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त बनाई आत्मरक्षा गर्न सक्षम बनाउने एवं उपकरण र प्रविधिसंग परिचित गराइ आत्ममनोवल उच्च बनाउने उद्देश्यले प्रशिक्षणको व्यवस्था मिलाइएको बैंकले जनाएको छ । महिला मैत्री वातावरणसहितको कार्यस्थललाई अग्रस्थानमा राखेर बैंकले कारोवार गर्दै आइरहेको छ ।
यस्तो प्रशिक्षणबाट महिलाहरुमा थप जागरूकता, मौखिक रक्षा, झूटा आरोप तथा आत्मसमर्पण रक्षा, शारीरिक रक्षा र कानूनी रक्षा सम्बन्धी विषयमा प्रशिक्षित भई उच्च मनोवलका साथ अगाडि बढ्न प्रेरित हुने तथा आत्मारक्षा सम्बन्धमा जनचेतनासमेत अभिबृद्धि हुँने बैंकको विश्वास छ । सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन भइसकेको छ । अब क्रमशः अन्य प्रदेशहरुमा पनि सञ्चालन गर्ने तयारी गरिएको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७२ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधा दिँदै आएकोे छ । आगामी दिनमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवा बिस्तार गर्दै लगिने बैंकले जनाएको छ ।