साना , १ अशोज । साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा परी यमनका कम्तीमा २० जना हुथी विद्रोही लडाकूहरुको मृत्यु भएको छ।

Advertisement

यमनको दक्षिणपश्चिमी शहर मेदीमा गत २४ घन्टामा भएको कारबाहीमा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

सरकारी पक्षबाट शनिबार जारी वक्तव्यमा अरु १० जना विद्रोही लडाकू घाइते भएको उल्लेख गरिएको छ ।गठबन्धन सेनाले शहरको रेड सी क्षेत्रमा विषेश चासोका साथ कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

शुक्रबार विहान सुरु भएको सुरक्षा कारबाही शनिबार विहानसम्म चलेको सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएका छन् ।

कारबाहीका क्रममा भएको भिडन्तमा परी सुरक्षाकर्मीतर्फका चार जनाको मृत्यु भएको र अरु चार जना घाइते पनि भएको सरकारी पक्षले जनाएको छ ।

घटनास्थल मेदी भन्ने ठाउँ साउदी अरबसँगको सिमानामा पर्दछ । कम्तीमा पनि विगत दुई वर्षदेखि त्यस क्षेत्रमा सरकारी सेना र विद्रोही लडाकूकाबीचमा दैनिक भिडन्त हुने गर्दछ । सिन्ह्वा/रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!