सुन्दरीजलका तामाङ लिखु खोलामा मृत भेटिए
नुवाकोट। काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलका राजमान तामाङ नुवाकोटस्थित लिखु खोलामा मृत भेट्टिएका छन् ।
दश दिनअघि घरबाट सम्पर्कविहीन भएका ४० वर्षका तामाङ बिहीबार राति शिवपुरी गाउँपालिका–३ लिखुस्थित लिखुखोला किनारमा मृतावस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाशकुमार भट्टराईले जानकारी दिनुभयो ।
मृतकका भतिज दावा तामाङ सम्पर्कमा आएपछि पहिचान खुलेको प्रहरीले ज...
















