कृषकलाई अलैँची टिप्ने चटारो
बेँसीशहर, २७ असोज । छिनखोलाकी चितारीमाया तामाङको पिँढीमा अलैँचीको थुप्रो लागेको छ । छोरीसहित अलैँचीको थुप्रो वरिपरि बसेर अलैँची छोडाउन व्यस्त हुनुहुन्छ ।
दशैँ सकियो, तिहार आउँदैछ तर पनि छिनखोलामा चाडपर्वको खासै चहलपहल छैन । अलैँची पाकेपछि किसानलाई टिप्न, छोडाउन र सुकाउन भ्याईनभ्याई छ ।
अन्यत्र बडादशैँ, तिहारलगायतका चाडपर्वको रमझम छ । अलैँची किसानलाई भने अलैँची व्यवस्थापन गर्दा फुर्सद नै छैन । ...





























