काठमाडौं, २९ असोज । तिहार आउँदै छ । अब धेरै समय बाँकी छैन । हिन्दूहरूको दोस्रो ठूलो पर्व भएकाले पनि तिहारमा नेपालीहरू खुलेरै रमाइलो गर्छन् । खानपानमा होसियारी अपनाउँदैनन् ।

Advertisement

चिल्लो–पिरो खानेकुराको अत्यधिक सेवन, कार्बाइड प्रयोग गरिएका फलफूलको सेवन गर्नुका साथै विभिन्न रङ प्रयोग गरिएका मिठाई खाँदा स्वास्थ्यमा धेरै असर गर्छ ।

यति मात्रै होइन, यो समयमा रङमिश्रित वा दूषित घिउ, तेलको प्रयोग गरिएको पनि पाइन्छ । व्यवस्थित खानपानमा त्यति ध्यान दिँदैनन्, नेपालीहरू । र, बिरामी हुन बाध्य हुन्छन् ।

अव्यवस्थित खानपानले के हुन्छ ?

मानिसमा अपच, अमिलो डकार आउने ।

पेट ढुस्स फुल्ने ।

आउँ, पखाला, रिंगटा लाग्ने ।

आँखा पोल्ने, बिझाउने, रातो हुने ।

बान्ता हुने, खानामा अरुचि हुने, चिडचिडाहट हुने ।

ज्वरो, हैजा, कमलपित्त, ग्यास्ट्रिक, आमाशय र आन्द्राको घाउ (अल्सर) हुने ।

उच्च रक्तचाप, मुटुसम्बन्धी, मिर्गौलासम्बन्धी, कलेजोसम्बन्धी, मधुमेह इत्यादिको खतरा बढ्ने ।

चिल्लो–पिरोको असर

पेटको माथिल्लो मुख (ढकन) खुली पेट पोल्ने ।

अम्लपित्त, अल्सर उत्पन्न हुने ।

उच्च रक्तचाप, हृदयाघातजस्ता रोग लाग्ने ।

क्यान्सर वृद्धिमा सघाउने ।

कार्बाइड प्रयोग गरिएका फलफूल खाएमा

मुखमा घाउ आउँछ ।

वाकवाकी तथा बान्ता हुन्छ ।

पखाला लाग्ने, ग्यास्ट्रिक पेटसम्बन्धी गम्भीर समस्या उत्पन्न हुन्छ ।

फुड प्वाइजनिङसमेत हुन्छ ।

फस्फोरस, आर्सेनिक र क्याल्सियम कार्बाइडको प्रयोगले क्यान्सरसमेत हुन सक्छ ।

फोक्सोमा, स्नायु प्रणाली र शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउ“छ ।

मिठाई खाँदा किन होसियारी ?

मिठाईको खुवामा आरारोट, उसिनेको आलु र सुजी मिसाउनाले पेट दुख्ने, पखाला लाग्ने हुन्छ ।

अपच हुने, बान्ता आउने, हैजा लाग्ने सम्भावना ।

मिठाईलाई सड्नबाट जोगाउन प्रयोग गरिने प्रिजवैटिभले जिब्रोमा स–साना खटिरा, पेट पोल्ने,
मुखमा अमिलो पानी आउने ।

सास गनाउने, दाँत सड्ने ।

रङमिश्रित वा दूषित घिउ,

तेलको असर

रक्तकोषिकाहरू विषाक्त भई शरीरमा रगत कम हुने ।

रोगसँग लड्ने क्षमता घट्ने ।

भित्री कोमल अंगहरू कलेजो, मुटु, मिर्गौला, कमजोर हुनुका साथै क्यान्सर हुने सम्भावना बढ्नु ।

बाँझोपन, आँखा, कान कमजोर हुन सक्ने ।

सन्तान लुला, लंगडा एवं अपांग र ट्युमर, क्यान्सर हुन सक्ने ।

पुरुषको बीजकोष मार्दै लिंग सानो हुँदै जाने तथा पुरुषत्व नाश हुने ।

मिर्गौला तथा कलेजोमा घाउ हुने र छालामा दीर्घरोग देखिन सक्ने ।

प्लस टिप्स

मिठाई किन्दा गुणस्तरको ग्यारेन्टी गर्ने पसलबाट मात्रै किन्नुस् ।

बजारबाट तयारी सामग्री नकिन्नुहोस् । यदि किन्नैपरेमा खाद्य रङ राखी बनाइएका मिठाईभन्दा अखाद्य रङ प्रयोग गरेका मिठाई किन्नुस् ।

खाद्य पदार्थलाई प्लास्टिकले बेरेर र भ्याकुम बनाएर फ्रिजमा राख्न हुन्न । प्लास्टिकले बेरेर वा ¥यापिङ गरेका सामान एक–दुई दिनमा प्लास्टिकले अखाद्य बनाउँछ ।

विभिन्न रङ प्रयोग नगरिएका मिठाई खाने गर्नुस् ।

एकपटक प्रयोग गरिसकेको तेल र घिउ फेरि प्रयोग नगर्ने ।

डब्बाका मिठाई खोलेको २४ घन्टाभित्र खाइसक्नुपर्छ । घरमा बनाइएको मिठाई सकेसम्म छिटो खानुपर्छ ।

ढुसी परेका, ओसिएका काजु, मकै, बदाम, सुपारी आदि मसला खानु हुँदैन ।

फलफूल किन्दा दाग नलागेका, रंगीन, कार्बाइड राखी पकाइएका नकिनी सफा र ताजा छान्नुपर्दछ ।

फलफूल किन्दा टल्कने, प्लास्टिकले बेरिएका फलफूल नकिनौँ ।-नयाँ पत्रिका

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!