काठमाडौं, १५ मंसिर । पत्रकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका समयमा सामाजिक सञ्जाल प्रयोग निर्वाचन आचारसंहिताभित्रै रहेर गर्नुपर्नेमा सहभागीले जोड दिएका छन् ।

Advertisement

नेपाल पत्रकार महासंघले यहाँ आज गरेको ‘निर्वाचन र सामाजिक सञ्जाल’ विषयक अन्तक्र्रिया कार्यक्रममा निर्वाचन आचारसंहिताभित्रै रहेर गर्नुपर्ने सहभागीले जोड दिए ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सञ्चार माध्यमको सहयोगमा स्थानीय तहको निर्वाचन सम्पन्न भएकाले आसन्न निर्वाचनमा पनि सहयोग गर्नुपर्ने बताए ।

उनले निर्वाचनका समयमा पर्याप्तमात्रामा सामाजिक सञ्जाल प्रयोग भइरहेको भन्दै पत्रकारले निर्वाचन आचारसंहिताभित्र रहेका सामाजिक सञ्जाल प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले मतदाता शिक्षालगायत धेरै कुरामा आयोगले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल प्रयोग गरेर निर्वाचनबारे जानकारी दिइरहेको बताए ।

उनका अनुसार अहिलेसम्म करिब दुई हजार ३०० निर्वाचन आचारसंहिता उल्लंघन भएका छन् । प्रवक्ता ढकालले निर्वाचन आचारसंहिता उल्लंघन गरेका राजनीतिक दललाई स्पष्टीकरण सोध्ने गरेको बताए ।

‘निर्वाचन उल्लंघन गरेको भन्दै पार्टीलाई प्रश्न सोध्नु भनेको ठूलो कुरा हो’– उनले भने, ‘यो ठूलो कारबाही केही हुन सक्दैन ।’ उनले चारवटै सुरक्षाकर्मीले निर्वाचनमा सुरक्षा दिइरहेको भन्दै केही घटना देखिए पनि केही दिनमा नियन्त्रणमा आउने दाबी गरे ।

कार्यक्रममा नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानले अहिले सामाजिक सञ्जालमा अपराध बढिरहेको भन्दै नयाँ कानून ल्याएरमात्र नियन्त्रण गर्न सकिने धारणा राखे ।

उनले जानाजानी सामाजिक सञ्जालमार्फत अपराध बढेको भन्दै नेपाल प्रहरीले त्यसलाई रोक्ने प्रयासमा लागेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सल्लाहकार तीर्थ कोइरालाले पत्रकारले निर्वाचनका बेला सामजिक सञ्जालमा केही कुरा राख्नुपर्दा विचार पुर्याएर राख्नुपर्ने बताए । उनले पत्रकारले राजनीतिक दलको खुलाआम सामाजिक सञ्जालमार्फत प्रचार गरिरहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस रामहरि खतिवडा, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य उज्ज्वल आचार्य, रिपब्लिका दैनिकका प्रधानसम्पादक सुवास घिमिरेलगायतले निर्वाचनका बेला पत्रकारले आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!