आजको विनिमय दर

आजको विनिमय दर

काठमाडौं, १७ मंसिर । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २२ रुपैयाँ ८५ पैसा र विक्रिदर एक सय २३ रुपैयाँ २८ पैसा रहेको छ । अमेरिकन डलर एकको खरिद दर १ सय २ रुपैयाँ ८५ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ४५ पैसा रहेको छ ।  यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७८ रुपैयाँ ६ पैसा र विक्रिदर ७८ रुपैयाँ ५२ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ...
एमालेद्वारा निर्वाचन आयुक्त ईला शर्मामाथि कार्वाहीको माग

एमालेद्वारा निर्वाचन आयुक्त ईला शर्मामाथि कार्वाहीको माग

काठमाडौं, १७ मंसिर । मतदाता शिक्षा कार्यक्रमका नाममा निर्वाचन आयोगले खुलेआम सत्तारुढ नेपाली कांग्रेसका उम्मेदवारहरुको पक्षमा प्रचार गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले) ले आपत्ति जनाएको छ। अभिनेता राजेश हमालद्वारा सञ्चालित इलेक्सन क्विज कार्यक्रममार्फत् सत्तारुढ दलका उम्मेदवारहरुको पक्षमा प्रचार गरिएको आरोप लगाउँदै एमालेले यस्तो कार्यमा संलग्न निर्वाचन आयुक्तमाथि कार्वाहीको माग गरेको हो। ...
मलेसियामा नेपालीहरुबीच झगडा हुँदा एकको मृत्यु

मलेसियामा नेपालीहरुबीच झगडा हुँदा एकको मृत्यु

मलेसिया, १७ मंसिर । मलेसियाको काम्पुङ आचेमा एक नेपालीको मृत्यु भएको छ । शुक्रबार राति ग्रिन प्रोस्पेक्ट होस्टेलमा नेपाली-नेपालीबीच झगडा हुँदा ३० वर्षीय पुरुषको मृत्यु भएको हो । अधिकारीहरुले मृतकको परिचय खुलाएका छैनन् । शुक्रबार राति झगडा हुँदा होस्टेलको तेस्रो तलाबाट उनलाई तल फ्याँकिएको र सेरी मान्जुङ अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले बताएको छ । उनलाई तीन त...
विक्रम पाण्डेको एफएममा प्रचण्डको समाचार प्रतिवन्ध !

विक्रम पाण्डेको एफएममा प्रचण्डको समाचार प्रतिवन्ध !

चितवन, १७ मंसिर । चितवनको भरतपुरमा रहेको कालिका एफएमले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समाचारमा रोक लगाएको पाइएको छ ।  बन मन्त्री तथा चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार विक्रम पाण्डेको लगानीमा सञ्चालन भएको उक्त एफएमले एक हप्तादेखि  लोकतान्त्रिक गठबन्धनका समाचारहरु मात्रै बजाएको हो । चुनावी संघारमा चितवनका वामगठबन्धनको समाचार प्रसारणमा रेडियो सञ्चालक पाण्डेले प्रतिबन्ध लगाएको त...
रक्षामन्त्रीको घरमा राखेको बम निश्कृय

रक्षामन्त्रीको घरमा राखेको बम निश्कृय

काठमाडौँ, १७ मंसिर । रक्षामन्त्री भिमसेनदास प्रधानको घरमा लक्षित गरि राखिएको बम सेनाको डिस्पोजल टोलीले निस्कृय पारेको छ । गतराति प्रधानको घर छेउमा राखिएको पे्रसरकुकर बम तत्काल निश्कृय पारेको सैनिक प्रवक्ता नवराज दाहालले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार बम विस्फोट हुन नपाउँदा कुनै क्षती हुन पाएन । प्रवक्ता दाहालका अनुसार रक्षामन्त्री प्रधानको घर छेवैमा प्रेसरकुकर बम र लुगाको पोको भेटिएको थि...
प्रचारप्रसारमा हिँडेको भारतीय गाडी खोलामा खस्यो, एकको मृत्यु, सात घाइते

प्रचारप्रसारमा हिँडेको भारतीय गाडी खोलामा खस्यो, एकको मृत्यु, सात घाइते

रौतहट, १७ मंसिर । रौतहटमा फोरम र राजपा नेपालको चुनावी प्रचारप्रसारमा प्रयोग भएको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सातमध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुको वीरगञ्जस्थित नारायणी उप–क्षेत्रीय अस्पतालमा उपचार भइहरेको छ । बाँकी दुई जनाको भने जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ । वीआर ०१ सीवी ३९३३ नम्बरको गाडी रौतहटको बौधीमाइ नगरपालिका वडा नम्बर ९ मा रहेको...
प्रधानमन्त्री बन्ने रहर छैन, देश बनाउने भोक छः माधव नेपाल

प्रधानमन्त्री बन्ने रहर छैन, देश बनाउने भोक छः माधव नेपाल

काठमाडौं, १७ मंसिर । एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई फेरि प्रधानमन्त्री बन्ने रहर नभएको तर देश बनाउने भोक रहेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर २ मा घरदैलोको अन्तिम दिन पूर्वप्रधानमन्त्री नेपालले अनलाइनखबरसँग भने- ‘ममा प्रधानमन्त्री बन्ने रहर छैन, देश बनाउने भोक छ । देश बनाउनका लागि को योग्य छन्, को सक्षम छन्, कसलाई विश्वास गर्न सकिन्छ भन्ने कुरा गठवन्धनल...
रामघाटको बालुवाः जहाँ सयौँ मजदुरले रोजीरोटी पाएको छ

रामघाटको बालुवाः जहाँ सयौँ मजदुरले रोजीरोटी पाएको छ

पोखरा, १७ मंसिर । कहिलेकाहीँ मानव जीवनको विनास गराउने नदीले जीविकोपार्जनका लागि रोजीरोटीको व्यवस्था पनि गरिरहेको छ । यस्तै एउटा ज्वलन्त उदाहरण हो, पोखरा–लेखनाथ महानगरपालिका–९ रामघाटस्थित सेती नदीको किनारमा रहेको बालुवा, गिट्टी र ढुंगा । दैनिकजसो बिहान उज्यालो भएपछि सबै मजदुर नदीको किनारमा पुग्छन् । प्रायजसो घरका सबै परिवार आफूले बिहान खाने खानासमेत बोकेर त्यहाँ पुगेका हुन्छन् अनि शुरु हुन्छ बाल...
आवश्यक पर्दा गोली हान्ने अधिकार: कहिले कहाँ भयो विस्फोट ?

आवश्यक पर्दा गोली हान्ने अधिकार: कहिले कहाँ भयो विस्फोट ?

गृह मन्त्रालयले पहिलो चरणको निर्वाचन सुरक्षाको अनुभवका आधारमा रणनीति परिवर्तन गरेको जनाएको छ । प्रवक्ता नारायणप्रसाद दुवाडीले नयाँ सुरक्षा रणनीति लागू भइसकेकाले निर्वाचनविरुद्धका घटना रोकिने विश्वास व्यक्त गरे । निर्वाचनविरोधी गतिविधिमा संलग्न हुनेविरुद्ध आवश्यक पर्दा गोलीसमेत हान्ने अधिकार दिएको र सुरक्षा निकायलाई थप आक्रामक रूपमा प्रस्तुत हुन निर्देशन दिएको गृहसचिव मोहनकृष्ण सापकोटाले ...
अब शिक्षक बन्न विषयगत अध्यापन लाइसेन्स चाहिने

अब शिक्षक बन्न विषयगत अध्यापन लाइसेन्स चाहिने

शिक्षक सेवा आयोगले शिक्षक बन्न विषयगत अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था गर्न लागेको छ । कक्षा ६ भन्दा माथि अध्यापन गर्ने शिक्षकले विषयगत रूपमा अनुमति लिनैपर्ने गरी आयोगले तयारी सुरु गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ । आयोगका प्रमुख प्रशासकीय अधिकृत डा. तुलसीप्रसाद थपलियाले विज्ञहरूसँग छलफल गरी विषयगत लाइसेन्सको व्यवस्थापन गर्नुपर्ने अवधारणापत्र पेस गरेका हुन् । शिक्षाक्षेत्रका...
भाइरल ज्वरोका कारण एक महिनामा मुगुमा ८ को मृत्यु

भाइरल ज्वरोका कारण एक महिनामा मुगुमा ८ को मृत्यु

कालिकोट, १६ मंसिर । मुगुको खत्याड गाउँपालिकामा एक महिनादेखि फैलिएको भाइरल ज्वरोले ८ जनाको मृत्यु भएको छ। जिल्लामा औषधि अभाव लगायतका कारणले भाइरल ज्वरोका कारणले आठ जनाको ज्यान लिएको हो। भाइरल ज्वरोका कारण एक सातामा रिघा गाउँका ६५ वर्षीय बिउसरा पाण्डे, ४४ वर्षीय विष्णु जैसी, ७५ वर्षीय ऋषिसन्न उपाध्याय र सुकाढिककी ५५ वर्षीया पूर्वा कार्कीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मुगुले जनाएको छ। ...
गृहिणीले कमाउन थाले वर्षमा डेढ लाख, विदेशिने पतिलाई घरमै रोजगार

गृहिणीले कमाउन थाले वर्षमा डेढ लाख, विदेशिने पतिलाई घरमै रोजगार

बाँके, १६ मंसिर । केही वर्षअघिसम्म पतिसँग ५ रुपैयाँ मागेर सहकारीमा बचत गर्ने राप्ती–सोनारी गाउँपालिका–७, फत्तेपुरका महिला अहिले वार्षिक एक लाखदेखि डेढ लाख रुपैयाँ कमाउन थालेका छन्। व्यवासायिक र व्यववस्थित रूपमा बाख्रापालन गर्न थालेपछि उक्त वडाका महिलालाई घर व्यवहार, बचत र दैनिक खर्चका लागि परिवारसँग हात थाप्नुपर्ने बाध्यता हटेको छ। ६ वर्षअघि स्थानीय एक सय १२ महिला संगठित भएर सहकारी संस्था स्था...
रानीबारीमा १४ लाखसहित दुई व्यक्ति पक्राउ

रानीबारीमा १४ लाखसहित दुई व्यक्ति पक्राउ

काठमाडौं, १६ मंसिर । महानगरीय प्रहरी बिट रानीबारीले १४ लाखसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । विटका प्रमुख विचित्र मगरको नेतृत्वमा खटिएको टोलीले राति रेडन पुलनजिक जाँचका क्रममा बा ६४ प ५१८९ नंको मोटरसाइकलमा सवार धादिङ घर भएका किरण भट्टराई र सागर लम्साललाई पक्राउ गरेको हो । अभियुक्त दुवै जनालाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको छ । वृत्तका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले स्रोत न...
बारामा एक दम्पतीको बीभत्स हत्या

बारामा एक दम्पतीको बीभत्स हत्या

बारा, १६ मंसिर । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा एक दम्पतीको हत्या भएको छ। जितपुर सिमरा उपमहानगरपालिका–३ बजनीका दीपक सुवेदी र उनकी पत्नी दीपा सुवेदीको हत्या भएको हो। दीपकको शव घरनजिकै बारीमा परालले छोपिएको अवस्थामा र दीपाको शव घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए। सुवेदी दम्पती गाई फर्म सञ्चालन गर्दै आएका थिए। एक सन्तानका आमा–बुबा उनीहरु...
नारायणगढका दुई स्थानमा शंकास्पद वस्तु फेला: यातायात अवरुद्ध

नारायणगढका दुई स्थानमा शंकास्पद वस्तु फेला: यातायात अवरुद्ध

चितवन, १६ मंसिर । मुख्य बजार नारायणगढमा दुई स्थानमा शंकास्पद वस्तु भेटिएको छ । स्थानीय पुल्चोक र शहीदचोकमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हाते ग्रिनेटजस्तो देखिने वस्तु निष्क्रिय गर्नका लागि नेपाली सेनाको टोली सो स्थानमा पुगिसकेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । सो ग्रिनेटमा इम्प्रोमाइस डिभाइस प्रयोग गरिएको हुन सक्ने उनले बताए । सो...
धान्य पूर्णिमा मेला: दुप्चेश्वर मन्दिरमा भक्तजनको घुइँचो

धान्य पूर्णिमा मेला: दुप्चेश्वर मन्दिरमा भक्तजनको घुइँचो

नुवाकोट, १६ मंसिर । राउतबेंसीस्थित दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको अवसरमा लाग्ने मेलाको रौनक जारी छ । मन्दिरमा लाग्ने मेलाको मुख्य दिन आज शनिबार साँझ र आइतबार पूर्णिमाको बिहानी प्रहरमा पूजाराधना गर्ने भक्तजनको सहभागिता उल्लेख्य छ । एकादशीदेखि नै शुरु भएको घुइँचो लगातारको बिदाले अघिल्लो वर्षभन्दा यस वर्ष वृद्धि भएको मन्दिरका पुजारी भगवानहरि धितालले जानकारी दिए । राउतबेंसीका स्थानी...
ठूला मिडिया व्यापारीको कव्जामाः अध्यक्ष आचार्य

ठूला मिडिया व्यापारीको कव्जामाः अध्यक्ष आचार्य

जुम्ला, १६ मंसिर । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले ठूला मिडिया पुँजीपतिको हातमा पुगेको बताएका छन्। जुम्लामा मिडिया व्यवस्थापन तथा पत्रकार आचारसंहिता तालिम र सूचना विभागको प्रेस पास वितरण कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष आचार्यले अहिले व्यापारी र व्यवसायीले ठूला मिडिया चलाएको बताए। राज्यले साना मिडियालाई संरक्षण गर्ने कुनै पनि नीति लिएको छैन। पैसा लिएर समाचार छाप्ने संस्कृति पछ...
भारत-श्रीलंकामा शक्तिशाली आँधी, १६ को मृत्यु, एक सय बेपत्ता

भारत-श्रीलंकामा शक्तिशाली आँधी, १६ को मृत्यु, एक सय बेपत्ता

नयाँ दिल्ली, १६ मंसिर । भारत र श्रीलंका बिहीबार रातिबाट शुक्रबार बिहानसम्म आएको शक्तिशाली आँधीको कारण कम्तीमा पनि १६ व्यक्तिको मृत्यु भएको समाचार छ। सो आँधीबाट अन्य एक सय जना व्यक्ति वेपत्ता हुनुका साथै आँधीका कारण यी दुबै देशमा सयौँ रुख ढल्नुको साथै विद्युतीय लाइनहरु अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन्। आँधीले सडक छेउका घरहरु भत्काएको वा उडाएको बताइएको छ। आँधी प्रभावित क्षेत्रमा लाखौँ व्यक्त...
मनोरञ्जनका क्षेत्रमा काम गर्ने किशोरी र महिला यौन शोषणको शिकार

मनोरञ्जनका क्षेत्रमा काम गर्ने किशोरी र महिला यौन शोषणको शिकार

 काठमाडाै‌, १६ मंसिर । धेरै मानिसको आवतजावत हुने काठमाडौंका बजार, चोक, डान्सबार, डान्स रेस्टुरेन्ट, मसाजजस्ता मनोरञ्जनका क्षेत्रमा कार्यरत बालिका तथा श्रमजीवी महिला उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ। महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिको समन्वय र सहकार्यमा चेन्ज नेपालले हालै गरेको स्थलगत अध्ययन तथा अनुगमनका क्रममा काठमाडौँका केही खाजाघरमा अधिकांश किशोरी ...
उम्मेदवारको घरमा मध्यराति बम विस्फोट

उम्मेदवारको घरमा मध्यराति बम विस्फोट

कपिलवस्तु, १६ मंसिर ।  कपिलवस्तुमा शुक्रबार राति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट) प्रतिनिधिसभा १ प्रदेसभा (१) का उम्मेदवार दिनेश जयसवालको घरमा बम विस्फोट भएको छ । बम विस्फोटबाट जस्तापातामा प्वाल परेको छ । वाणगंगा नगरपालिका वडा नम्बर १० कोरिया चोकमा अज्ञात समूहले दुई पटकसम्म बम विष्फोट गराएको स्थानीयले बताएका छन् । घरमा लक्षित गरी प्रहार गरिएको बमबाट कुनै मानवीय क्षति नभए पनि जस्तापातामा प...
सुरक्षा व्यवस्था सुदृढ रहेको सुरक्षा निकायका प्रमुखद्वारा आयोगलाई जानकारी

सुरक्षा व्यवस्था सुदृढ रहेको सुरक्षा निकायका प्रमुखद्वारा आयोगलाई जानकारी

काठमाडौं, १६ मंसिर ।  सरकारले आगामी मंसीर २१ गते दोस्रो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई अपिल गरेको छ । चार वटै सुरक्षा निकायका प्रमुखहरुले शुक्रबार अपरान्ह निर्वाचन आयोगका पदाधिकारीहरुसँगको सामूहिक भेटमा निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ रहेको जानकारी गराउँदै ढुक्क भएर मतदानमा भाग लिन आम मतदातालाई अपिल गरेका हुन् । सुरक्षा व्यवस्था सुदृढ ...
ट्राभल एजेन्सीको सेटिङमा विमानस्थलबाटै यसरी हुन्छ मानव तस्करी

ट्राभल एजेन्सीको सेटिङमा विमानस्थलबाटै यसरी हुन्छ मानव तस्करी

पाँचथर हिलेहाङका भूपाल बस्नेत गत ३ मंसिरको राति ९ बजे संयुक्त अरब इमिरेट्स (युएई) जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । व्यक्तिगत कामका लागि उनी भिजिट भिसामा युएई जान लागेका थिए । अध्यागमनले तोकेको सबै कागजपत्र बोकेका थिए । आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन् । तर, विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले ‘शंकास्पद भ्रमण’ भन्दै उनलाई फर्काइदिए । उनले धेरै आग्रह गरे, त...
कांग्रेस नेताको घरमा बम विष्फोट

कांग्रेस नेताको घरमा बम विष्फोट

तनहुँ, १६ मंसिर। कांग्रेस युवा नेता प्रदीप पौडेलको तनहुँस्थित घरमा बम विष्फोट भएको छ । तनहुँको गणपतेस्थित पौडेलको घरमा शनिबार बिहान करिब पौने पाँच बजेतिर बम विष्फोट भएको हो । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पौडेल तनहुँ क्षेत्र नम्बर २ (क) का उम्मेदवारसमेत हुन् । घरको आँगनमा बम विष्फोट भएको र घरका सबै सदस्य सकुशल रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । घरमा भने सामान्य क्षति भएको छ । बम विष्फ...
हानिकारक बन्दै कुखुराको मासुः मासु खाँदै हुनुहुन्छ कि एन्टिवायोटिक ?

हानिकारक बन्दै कुखुराको मासुः मासु खाँदै हुनुहुन्छ कि एन्टिवायोटिक ?

काठमाडौं, १५ मंसिर । उपभोग्य वस्तुमा मासुको खपत उच्च हुन्छ । त्यसमा पनि कुखुराको मासु अन्य मासुको तुलनामा बढी खपत हुन्छ । तर, अधिकांशको भान्छामा पाक्ने यही कुखुराको मासु सोचेजस्तो स्वच्छ भने छैन । भेटेरिनरी गुणस्तर तथा औषधि व्यवस्थापन विभागले गरेको प्रयोगशाला नमूना परीक्षणले कुखुराको मासुमा एन्टिवायोटिकको प्रयोग भयावह रहेको देखाएको छ । कार्यालयले उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा चितवनम...
मतदान अधिकृतहरुलाई प्रमुख निर्वाचन आयुक्तको कडा निर्देशन

मतदान अधिकृतहरुलाई प्रमुख निर्वाचन आयुक्तको कडा निर्देशन

ललितपुर, १५ मंसिर । निर्वाचन आयोगले आम मतदातालाई निर्भयताका साथ मतदान गर्ने वातावरण निर्माण गर्ने दायित्व मतदान अधिकृतहरुको भएकाले त्यस्तो बातावरण तयार गर्न अधिकृतहरुलाई पुनः निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदान केन्द्रभित्र आम मतदातालाई सहज, सरल र निर्भयताका साथ मतदान गर्ने वातावरण बनाउन मतदान अधिकृतहरुलाई पुनः सचेत गराएका हुन् । ‘मतदानस्थल भित्र प्रवेश गरेका...
दुई कम्युनिष्ट मिल्दा विश्वभर तरंग आयोः प्रचण्ड

दुई कम्युनिष्ट मिल्दा विश्वभर तरंग आयोः प्रचण्ड

चितवन, १५ मंसिर ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताएका छन् । ‘वामगठबन्धन जिताऔँं नागरिक अभियान’ चितवनले आज भरतपुर महानगरपालिका–६ गीतानगरमा आयोजना गरेको प्रचण्डसँग नागरिक समाज कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई कम्युनिष्ट मिल्दा २००७ साल यताकै ठूलो राजनीतिक तरंग आएको बताए । “जनयुद्ध शुरु ...
घरदैलोमा काँग्रेसकाे पन्चेबाजा, वाम गठबन्धनकाे धिमे

घरदैलोमा काँग्रेसकाे पन्चेबाजा, वाम गठबन्धनकाे धिमे

काठमाडौं, १५ मंसिर । मोटरसाइकलमा राखिएको लाउड स्पिकरमा पार्टीको गीत घन्किएको छ । पन्चेबाजामा लोकधुन  बजिरहेको छ । सडकको दुवै किनारमा मान्छेको ताँती छ । त्यही ताँतीमा फूलमालाले सजिएकी एउटी महिला यताउता गरिरहेकी छन् । उनका अगाडिपछाडि पनि माला र अबिर पहिरिएका मान्छेको ताँती देखिन्छ । पछाडिबाट झट्ट हेर्दा विवाह जाँदैरहेछ भनेझैं हुन्छ । पन्चेबाजाको आवाजले विवाहजस्तो मानेर सर्वसाधारण घरका कोठाकोठाबा...
यसरी भयो पृथ्वीजयन्तीमा बिदा दिने निर्णय, निधिसँगको लफडा देउवाले सल्ट्याए !

यसरी भयो पृथ्वीजयन्तीमा बिदा दिने निर्णय, निधिसँगको लफडा देउवाले सल्ट्याए !

काठमाडौं, १५ मंसिर । सरकारले पृथ्वीजयन्तीमा पुनः  बिदा दिने निर्णय गरेको छ । जनआन्दोलन २०६२–६३ सालपछि बनेको गिरीजाप्रसाद कोइराला नेतृत्वको सरकारले पृथ्वीजयन्तीमा दिँदै आएको  बिदा कटौती गर्ने निर्णय गरेको थियो । बिदा कटौती भएसँगै   संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा वकालत गर्दै आएको  राप्रपाले  निरन्तर पृथ्वीजयन्तीको दिन बिदा दिइनुपर्ने माग गर्दै आएको थियो । यसैक्रममा बिहिबार बसेको मन...
विस्फोटक सामग्रीसहित दुई भारतीय नागरिक पक्राउ

विस्फोटक सामग्रीसहित दुई भारतीय नागरिक पक्राउ

मलेखु, धादिङ, १५ मंसिर । काँकडभिट्टाबाट काठमाडाै आउँदै गरेको बसबाट दुई भारतीय नागरिकलाई प्रहरीले विस्फोटक सामग्रीसहित आज पक्राउ गरेको छ । धुनीबेँसी नगरपालिकास्थिगत त्रिभुवन राजपथको खानीखोलामा गाडी चेकजाँचको क्रममा ना ७ ख  ४९७६ नं को बसमा सवार भारत आसामका २३ वर्षीय राजु विश्वास र पश्चिम बंगालका ३० वर्षीय मोहमद फरमान अलीलाई विष्फोटक सामग्रीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकार...
चितवनमा भेटिए ८३ जना एचआइभी संक्रमित

चितवनमा भेटिए ८३ जना एचआइभी संक्रमित

चितवन, १५ मंसिर । सन् २०१७ को ११ महिनामा जिल्लामा १५ हजार ४५० जनाले एचआइभी परीक्षण गराएका छन् ।  परिक्षण गराएकामध्ये ८३ जनामा एचाआइभी संक्रमण देखा परेको छ । भरतपुर अस्पतालभित्र रहेको एएचएफ नेपालका वरिष्ठ क्षेत्रीय संयोजक कृष्णहरि सापकोटाका अनुसार सन् २०१७ मा भरतपुर अस्पतालको एआरटी सेन्टरमा १४ हजार ३०० जनाले एचआइभी परीक्षण गराएका हुन् । समुदायमा गरिएका कार्यक्रममा एक हजार १५० जनाले एचआइभी परीक्...
पेशावरस्थित एटीआई होस्टलमा आक्रमण, ९ को मृत्यु

पेशावरस्थित एटीआई होस्टलमा आक्रमण, ९ को मृत्यु

काठमाडौं, १५ मंसिर । पाकिस्तानको पेशावरस्थित एगि्रकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । डन न्यूजका अनुसार अहिले पनि अपरेशन जारी छ र, मृतकको संख्या बढ्नसक्छ । अपरेशनका क्रममा तीन बन्धुकधारी पनि मारिएका छन् । घटनामा दुई सैनिक पनि घाइते भएका छन् ।
error: Content is protected !!