एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गतको सोमबार भएको पहिलो खेलमा नेपालले आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको छ।

Advertisement

१८० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि १९.३ ओभरमा सवै विकेट गुमाएर ४६ रनमा समेटियो। थाइल्याण्डका दशौ नम्बरका ब्याट्सम्यान कोकिएड चाट्योङले सर्बाधिक ११ रन बनाए। त्यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

नेपालको जितमा नारायण जोशीले उत्कृष्ट बलिङ गरे। ७ ओभरको स्पेलमा नारायणले १७ रन खर्चेर ५ विकेट लिए।

उनले थाइल्याण्डका ओपनरद्धय फिरियोपोङ सुनचाउ(०), थिराफट खोथाङ(०) तथा तेस्रो नम्बरका ब्याट्सम्यान कोङ्कीडकन(०)लाई खाता खोल्न नै नदिइ बोल्ड पारेका थिए।

ती बाहेक नारायणले किट्टीफाट ड्यउरिङलाई ३ तता पटिफान साटफानितलाई २ रनमा पवेलियन फर्काए। अलराउण्डर नारायण धनगढीको प्रतिनिधित्व गर्दै राष्ट्रिय टोलीमा अटाएका थिए।

२०१५ मा धनगढी क्रिकेट एकेडेमीले आयोजना गरेको इन्टर स्कुल क्रिकेट प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि उनलाई एकेडेमीले छात्रवृत्तिमा प्रशिक्षणको व्यवस्था मिलाएको थियो। त्यसयता उनले क्षेत्र नम्बर ९ र एकेडेमीको टोलीबाट विभिन्न स्थानिय प्रतियोगिताहरु खेलेका छन्। नारायणसँगै नेपालका सुर्य तामाङले २ विकेट लिए।

त्यसअघि बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ३४ ओभर ३ बलमा सवै विकेट गुमाउँदै १७९ जोड्यो। नेपालका तृतराज दासले ३९, कुशल मल्लले २४ तथा सुनिल भण्डारीले २३ रन बनाए।

उनीहरुसँगै नेपालका राजन मगरले १७, कप्तान रित गौतमले १६ रन तथा प्रतिश जिसीले १२ रन बनाए। थाइल्याण्डका कोकिअट चाटवोङले ३ तथा चिरापोङ र कोङकिडाकोनले समान दुई–दुई विकेट लिए।

नेपालले दोस्रो खेलमा मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम खेलमा बिहिबार म्यानमारको सामना गर्नेछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!