संगालोखबर सम्वाददाता

धनकुटा, २४ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै आवहन गरिएको अनिश्चितकालित आमहड्ताल आज छैठौ दिनपनि जारी छ । लगातारको आमहड्तालका कारण धनकुटाको जनजीवन कष्टकर बन्दै गएको छ ।

यातायात, बजारपसल, उद्योगधन्दा, कलकारखाना लगायत ठप्प हुँदा जनजीवन अस्तब्यस्त बनेको हो । पूर्वी पहाडी जिल्ला जोड्ने कोशी राजमार्गसहित भित्रि सडकमा पनि सवारी साधन सञ्चालन भएका छैनन् । कोशी राजमार्गका बिभिन्न स्थानमा ढाट राखेर सडक अवरुद्ध गरिएको छ ।

Advertisement

जिरोपईन्ट, परिचयमोड, सरस्वती चौक लगायत स्थानमा सयौंको संख्यामा बन्दकर्ता भेला भएर सडक अवरुद्ध गरेका छन् । सरस्वती चौकमा टायर बालेर प्रदर्शन गरिएको छ । हिले, पाख्रीवास, सिधुवा, लेगुवा, जितपुर लगायत स्थानमा पनि बन्दकर्ता सडकमा निश्किएर यातायात ठप्प बनाएका छन् ।

बन्दका कारण सुनसान रहेको धनकुटा बसपार्क । तस्वीर : रबिन कटेल/संगालोखबर

एम्वुलेन्स, प्रेस लगायत आकस्मिक प्रयोजनका बाहेक कुनैपनि सवारी साधन गुड्न दिईएको छैन । मोटरसाईकलसमेत गुड्न नदिएर यातायात ठप्प बनाईदा सर्वसाधरण सास्ती खेप्न बाध्य बनेका छन् । कोशी राजमार्गमा यातायात ठप्प हुँदा भोजपुर, तेह्रथुम र संखुवासभाको जनजीवन पनि अस्तब्यस्त बनेको छ ।

सरकारले धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न आनाकानी गरेको भन्दै २५ दिनयता निरन्तर प्रदर्शन गर्दै आएका धनकुटाबासीले गत बुधबारबाट अनिश्चितकालिन आमहड्ताल घोषणा गरी माग पुरा नभएसम्म आमहड्ताल जारी राख्ने चेतावनी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!