काठमाडौं, २४ पुस । काठमाडौँको बाफलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । आइतबार राति ९ः०० बजे बा२ख १७८१ नंको बसको ठक्करबाट मकवानपुर घर भई हाल बाफल बस्दै आएका २२ वर्षीय विनोद गोलेको मृत्यु भएको हो

Advertisement

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक उमेश रञ्जीतकारले स्वयम्भूबाट कलंकीतर्फ जाँदै गरेको बसले बाटो काट्न लागेको अवस्थामा ठक्कर दिँदा गोलेको मृत्यु भएको जानकारी दिए ।

ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसका चालक भने अहिलेसम्म फरार रहेको र खोजी कार्य भइरहेको प्रवक्ता रञ्जीतकार बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!