काठमाडौं,२४ पुस । प्रहरीले आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई पक्राउ गरेको छ । अदालतको मानहानी मुद्दामा सर्वोच्चले डा. केसीलाई पक्राउ गरी भोलि मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दिएको थियो ।
अदालतको आदेश आएको तीन घन्टापछि प्रहरीले केसीलाई अनसन स्थलबाटै उठाएको हो । केसीलाई प्रहरीले पक्राउ गरेको डा. जीवन क्षत्रीले अनलाइनखबरलाई जानकारी दिए ।