नवलपरासी, २७ पुस । नवलपरासी, चितवन र पर्साको सामुदायिक वनमा बाघ गणना हुने भएको छ । सामुदायिक वनमा पहिलोपटक क्यामेरा ट्रयापिङ्ग प्रविधीको माध्यमबाट बाघको गणना गरिने भएको हो  । यसअघि चितवन निकुनजमा मात्र बाघ गणना गरिने गरेपनि बाघको संख्या एकिन गर्न निकुन्ज आसपासको वनमा समेत पहिलोपटक गणना गरिन लागेको हो । चितवन निकुन्जसंज जोडिएका जंगल बाघको राम्रो बासस्थान मानिन्छ ।

Advertisement
राष्ट्रिय प्रकृती संरक्षण कोष, राष्ट्रिय निकुञ्ज, हरियो वन, ताल लगायतका संघसंस्थाको सहकार्यमा बाघको गणना गरिने भएको हो । बाघ गणनाका लागि शुक्रबार (पुस २८ गत)े प्राविधिकसहितको टोली नवलपरासी आइपुग्ने छ र २९ गतेबाट क्यामेरा ट्रयापिङ्ग गर्ने काम सुरु हुने चितवन राष्ट्रिय निकुन्जले जनायो । बाघ गणनामा वन्यजन्तु विज्ञ, बाघ विज्ञसहित यस क्षेत्रमा अध्ययन गरिरहेका नयाँ विद्यार्थीको सहभागिता रहने छ ।
निकुन्ज, मध्यवर्ति क्षेत्र र सामुदायिक वनमा एकैपटक बाघ गणना गरिने भएको हो । निकुन्जसंग जोडिएका सामुदायिक वनमा बाघ हेर्न पछिल्लोपटक विदेशी पर्यटकहरु लोभिने गरेका छन् । निकुन्जबाट बाहिर सारिएका ठुला लगानीका होटलहरुले सामुदायिक र मध्यवर्ति जंगलमा वन्यजन्तु अवलोकनकालागि पर्यटकहरुलाइ लैजाने गरेका छन् ।
नवलपरासीको गैंडाकोट, कावासोतीको पिठौली, मध्यविन्दुको तमासपुर र चोरमारा, विनयी त्रिवेणीको दुम्कीवासमा गरी ५ स्थानमा प्राविधिक टोली क्यामेरा ट्रापिङ्गका लागि खटिने भएको छ । टोलीमा कम्तीमा ७ जना रहने छन् । निकुञ्ज र मध्यवर्ती क्षेत्र र सामुदायिक वनका ७० ठाउँमा गरी कम्तीमा ७० वटा क्यामेरा जडान गरिने राष्ट्रिय वन्यजन्तु संरक्षण कोष सौराहा चितवनका जैविक विविधता संरक्षण केन्द्रका निमित्त कार्यालय प्रमुख रामकुमार अर्यालले जानकारी दिए ।
चितवन र पर्साका केहि स्थानमा यसअघि राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, आरक्ष, संरक्षण क्षेत्रहरुमा बाघको गणनाको कामगरिन्थ्यो । यस वर्षबाट भने पहिलोपटक सामुदायिक वनमा पनि बाघ गणनाको काम सुरु गरिएको हो । नवलपरासीका निकुञ्ज आसपास र मध्यवर्ती क्षेत्रसंगै सामुदायिक बनमा पनि बाघको गणना एकै साथ गरिने छ । नवलपरासीको सामुदायिक वनहरुमा गत वर्ष बाघको आक्रमणबाट ७ जनाले ज्यान गुमाएका थिए भने घाईते समेत भएका थिए ।
तसर्थ सामुदायिक बनमा बाघको बासस्थान नै छ कि अन्यत्रबाट आउने गरेका छन् भन्ने पत्ता लगाएर सम्भावित घटनाबाट बच्नका लागि पनि सामुदायिक बनमा पनि बाघको गणना गर्न लागिएको सामुदायिक बन महासंघ जिल्ला वन महासंघ नवलपरासीका सचिवालय सदस्य होमनाथ पाण्डेले जानकारी दिए । साथै बाघको वर्तमान अवस्थाका वारेमा जानकारी लिएर यसको संरक्षणमा आवस्यक योजना निर्माणका लागि पनि गणना गरिन लागिएको उनले जानकारी दिए । नवलपुरका पहाडी क्षेत्रमा रहेका सामुदायिक वनहरुमा पनि क्यामेरा ट्रयापिङ्ग गरेर बाघको गणना गरिने उनले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!