उदयपुर, २७ पुस । उदयपुरमा अत्याधिक जाडोले कठयाङग्रीका विपन्न तथा गरिब परिवारलाई विपत व्यवस्थापन कोषबाट न्यानो कपडा बितरण गरीएको छ । त्रियुगा नगरपालिको वडा नम्बर २ जोगिदहले वडास्तरीय कार्यक्रमबाट विपन्न तथा गरिब ५० घर परिवारलाई ब्याङकेट वितरण गरेको हाे ।

Advertisement

शितलहर बढेसंगै अति बिपन्न मुसहर समुदायलाई न्यानो कपडा वितरण गरिएको त्रियुगा नगरपालिका–२ का वडाध्यक्ष घमानसिंह खत्री (ध्रुव)ले बताए । केही दिन यता भित्री मधेसमा पर्ने उदयपुरमा पनि अत्यधिक चिसो र शीतलहर बढेपछि मुसहर समुदायको दैनिक कष्कर बन्दै गएकाले न्यानो कपडा वितरण गरिएको वडा सदस्य श्याम नारायण चौधरीले बताए ।

जाडोका कारण धानको परालमा बेरिएर सुत्ने, पत्करको ओछ्यान बनाएर सुत्ने गरेको उनीहरुलाई न्यानो कपडाले केही राहत हुने रोकाको भनाइ रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!