रासस

काँकडभिट्टा, २७ पुस । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि रु एक अर्ब ३२ लाखको बजेट विनियोजन गरेको छ ।  नगरपालिकाको आयोजित प्रथम नगरसभाबाट सो बजेट पारित भएको हो । नगरसभाको बैठकमा उपप्रमुख मीना उप्रेतीले सो बजेट प्रस्तुत गरेका थिए ।

Advertisement

बजेटमा आयतर्फ आन्तरिक स्रोतबाट रु चार करोड ५६ लाख २७ हजार ३१६, बाह्य स्रोतबाट रु ९३ करोड ६८ लाख ६० हजार ७४० र अन्य स्रोतबाट रु दुई करोड सात लाख ११ हजार ९ सय ४४ विनियोजन गरिएको छ ।

यसैगरी, खर्चतर्फ प्रशासनिक ९उपभोग० शीर्षकमा रु १२ करोड ९८ हजार २६९ र पूँजीगत शीर्षकमा रु ८८ करोड ३१ लाख एक हजार ७३१ विनियोजन गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!