रासस

मोरङ, ३० पुस । मोरङको रतुवामाई नगरपालिका– १० स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा यात्रुवाहक बसको ठक्करबाट साइकलयात्रीको गएराति मृत्यु भएको छ ।

Advertisement

उर्लाबारीबाट आमबाडीतर्फ जाँदै गरेको को१ख १९६४ नंको यात्रुवाहक बसले सोही दिशाको साइकलयात्रीलाई ठक्कर दिँदा रतुवामाई– ९ बस्ने ४८ वर्षीय काशीराम धामी थारुको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका धामी थारुको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!