पाँच हजार सामाजिक परिचालक कर्मचारी आन्दोलित
काठमाडौं, ३० पुस। स्थानीय निकायमा विगत आठ वर्षदेखि सामाजिक परिचालकको रूपमा काम गरेका पाँच हजार कर्मंचारी आन्दोलित भएका छन् । ऐेन कानुनबोजिम राखिएका कर्मचारीलाई हटाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा २३६ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले समाजिक परिचालन कार्यविधि २०७१ जारी गरी स्थानीय सेवा प्रदायक संस्थाको छनोट गरेको थियो । यसरी छनोट गरिएका गाउँप...


























