प्रधानन्यायाधीशको राजीनामा माग गर्दै डा. केसीको १४ औं अनशन

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै डा. केसीको १४ औं अनशन

काठमाडौं, २४ पुस । चिकित्शा शिक्षामा सुधारको माग गर्दै सत्याग्रह गर्दै आएका डा. गोविन्द केसी पुन अनशन बस्ने भएका छन्। डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै १४ औं पटक अनशन बस्न लागेका हुन्। सोमबार पत्रकार सम्मेलन गर्दै केसीले प्रधानन्यायाधीश पराजुलीमाथी छानविनको माग समेत गरेका छन्। उनले आज ४ बजेदेखि अनशन थाल्ने जनाएका छन्। सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थान (...
सिंहदरबार नै असुरक्षित ! मन्त्रालयको क्यान्टिनबाट चोरी

सिंहदरबार नै असुरक्षित ! मन्त्रालयको क्यान्टिनबाट चोरी

काठमाडौं, २४ पुस । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार नै असुरक्षित बन्दै गएको छ । पछिल्लो समय सिंहदरबारभित्रै चोरीका घट्ना बढ्दै जानुले त्यहाँको सुरक्षा ‘लापरबाही’ लाई चित्रित गर्छ । स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको हाइलक्स गाडीको चार वटै टायर चोरी भएको घटना सेलाउन नपाउँदै फेरि अर्को चोरीको घटना भएको छ । गएराति सिंहदरबारभित्र रहेको शान्ति तथा पुनर्निमाण मन्त्रालय छेउमा रहेक...
मनाङमा माइनस १६ डिग्री तापक्रम, पानीको मुहान नै जम्यो

मनाङमा माइनस १६ डिग्री तापक्रम, पानीको मुहान नै जम्यो

मनाङ, २४ पुस । देशभर नै चिसो बढिरहेको बेला मनाङको तापक्रम भने माइनस १६ डिग्री पुगेको छ । अत्यधिक न्यून तापक्रमकै कारण रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान जमेका छन् भने खोलामा बग्ने पानी पनि जमेको छ । अत्यधिक चिसो बढेपछि यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् । सबैजसो ढोका लग...
प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

काठमाडौं,२४ पुस । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएकी छन् । वाम गठबन्धनले सहमति नदिएको र विभिन्न ठाउँमा आन्दोलन भएको भन्दै सरकारले अस्थायी मुकाम नतोकी प्रदेश प्रमुखहरु मात्र नियुक्त गर्ने तयारी गरेको थियो । त्यसबारे परामर्श गर्न प्रधानमन्त्री देउवा सोमबार विहान शीतल निवास पुगेका थिए । तर, राष्ट्रपति भण्डारीले जनतालाई सहज हुनेगरी ...
खुल्ला ठाउँमा शौच गर्नेलाई १५ किलोको माला !

खुल्ला ठाउँमा शौच गर्नेलाई १५ किलोको माला !

सप्तरी, २४ पुस। राम्रो काम गर्नेलाई माला लगाएर तथा अबीर दलेर सम्मान गर्ने गरिन्छ । राजविराजमा भने यसको ठीक उल्टो अभियान प्रारम्भ गरिएको छ । नगरको सार्वजनिक ठाउँमा शौच गर्नेलाई फूलमाला र अबीरले स्वागत गर्ने अभियान प्रारम्भ गरिएको छ । पटकपटक अभियान चलाउँदा पनि मुख्य चोकहरुमै खुल्ला शौच गर्नेहरुको संख्या नघटेपनि सप्तरी युथ नेपालले सप्तरी सामुदायिक विकास केन्द्रको सहकार्यमा यो अभियान प्रारम्भ गरेको...
पुजारीले नै चोरे शिला ! समितिमा बुझाए नक्कली शालिग्राम

पुजारीले नै चोरे शिला ! समितिमा बुझाए नक्कली शालिग्राम

लमजुङ,२४ पुस । बेंसीशहरको मध्यभागमा रहेको लक्ष्मीनारायण मन्दिरभित्रको सक्कली शिला चोरी भएको छ । मन्दिरभित्र रहेका ४०० वर्ष पुराना शालिग्रामका शिला एक महिनाअघि हराएको थियो । बेंसीशहर नगरपालिका वडा नं ८ मा रहेको नारायण मन्दिरभित्रको शालिग्रामका शिला एक महिनाअघि नै चोरी भएको भए पनि पछिमात्रै चर्चामा आएको हो । मंसिर २२ गते शिला हराएको र तत्काल मन्दिर व्यवस्थापन समितिलाई जानकारी गराएको मन्दिरका पुजा...
आफैले जन्माएको नवजात शिशुको हत्या गरेको आरोपमा महिला पक्राउ

आफैले जन्माएको नवजात शिशुको हत्या गरेको आरोपमा महिला पक्राउ

मकवानपुर, २४ पुस । प्रहरीले आफनै नवजात शिशुको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले आफैंले जन्माएको शिशुको हत्या गरेको अभियोगमा बकैया गाँउपालिका–६ भ¥याङे खोला बस्ने ३१ वर्षीया बिना घलानलाई प्रहरीले पक्राउ गरेको हो । घलानले आइतबार आफैँले जन्माएको शिशुको हत्या गरी घर नजिकै खोल्सामा फालेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । त्यस्तै, हुचिल बिक्री व...
सेनाले उठायो करिब दुई मेट्रिक टन फोहर

सेनाले उठायो करिब दुई मेट्रिक टन फोहर

काठमाडौँ, २४ पुस । काठमाडौँको चाबहिलस्थित चारुमती बुद्ध विहारमा सरसफाइ गरी करिब दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । भैरवनाथ गणका प्रमुख सेनानी हरिप्रसाद घिमिरेको नेतृत्वमा आएको सैनिक टोलीले ‘नवौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन’ को तयारीका लागि विहार परिसरका साथै त्यस आसपास क्षेत्रमा सफाइ गरेका हो । सेनालाई विहारका भिक्षु, स्थानीयवासीलगायतले आवश्यक सहयोग जुटाएका थिए । नेपाल राष्ट्रिय ज्ञानमाल...
मन्त्रिपरिषद बैठक बस्ने निश्चित छैन : प्रधानमन्त्रीको सचिवालय

मन्त्रिपरिषद बैठक बस्ने निश्चित छैन : प्रधानमन्त्रीको सचिवालय

  काठमाडौं, २४ पुस । आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक अनिश्चित भएको छ । आजको मन्त्रिपरिषद बैठकले सातवटै प्रदेश प्रमुखको नियुक्ति गर्ने भनिएपनि बैठक बस्ने अनिश्चिततासँगै प्रमुखको नियूक्ति पनि अन्यौलमा परेको हो । प्रधानमन्त्रीका प्रेश संयोजक गोविन्द परियारले मन्त्रिपषिद बैठक १२ बजेसम्म नवोलाइएकाले आज बस्ने सम्भावना कम रहेको बताए । ‘अहिलेसम्म बैठक बोलाइएको छैन, सायद आज बस्दैन होला’ संयोक ...
बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौं, २४ पुस । काठमाडौँको बाफलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । आइतबार राति ९ः०० बजे बा२ख १७८१ नंको बसको ठक्करबाट मकवानपुर घर भई हाल बाफल बस्दै आएका २२ वर्षीय विनोद गोलेको मृत्यु भएको हो महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक उमेश रञ्जीतकारले स्वयम्भूबाट कलंकीतर्फ जाँदै गरेको बसले बाटो काट्न लागेको अवस्थामा ठक्कर दिँदा गोलेको मृत्यु भएको जानकार...
सलमानको ‘टाइगर जिन्दा हे’ ३ सय करोड क्लबमा

सलमानको ‘टाइगर जिन्दा हे’ ३ सय करोड क्लबमा

बलिउड-बलिउडका चर्चित नायक सलमान खान र नायिका कट्रिना कैफ अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’ तीनसय करोड क्लबमा प्रवेश गरेको छ । प्रदर्शनको १६ औ दिनमा उक्त चलचित्रले तीनसय करोड कमाई गरेको हो । प्रदर्शनको तेश्रो दिनमै १०० करोड पार गर्न सफल उक्त चलचित्रप्रति अहिले पनि दर्शकको क्रेज बाँकी नै रहेको चलचित्र पण्डितहरुको बुझाई छ । यस अघि सन् २०१४ मा आमिर खानको ‘पिके’, सन् २०१५ मा सलमान खानको ‘बजरंगी भाइजा...
धनकुटामा छैठौ दिन पनि आमहड्ताल जारी, जनजीवन कष्टकर

धनकुटामा छैठौ दिन पनि आमहड्ताल जारी, जनजीवन कष्टकर

धनकुटा, २४ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै आवहन गरिएको अनिश्चितकालित आमहड्ताल आज छैठौ दिनपनि जारी छ । लगातारको आमहड्तालका कारण धनकुटाको जनजीवन कष्टकर बन्दै गएको छ । यातायात, बजारपसल, उद्योगधन्दा, कलकारखाना लगायत ठप्प हुँदा जनजीवन अस्तब्यस्त बनेको हो । पूर्वी पहाडी जिल्ला जोड्ने कोशी राजमार्गसहित भित्रि सडकमा पनि सवारी साधन सञ्चालन भएका छैनन् । कोशी राजमार्गका बिभिन्न स्...
जान्नुहोस्, मोटोपन नियन्त्रण गर्ने ८ सूत्र

जान्नुहोस्, मोटोपन नियन्त्रण गर्ने ८ सूत्र

काठमाडौं, २४ पुस । शरीर मोटो हुन दिनु, रोगलाई निम्ता गर्नु नै हो । मोटा व्यक्तिलाई मधुमेह र मुटुका रोगले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । त्यसो त मोटोपनले सबैखाले रोगलाई निम्ता गरिरहेको हुन्छ । मोटो शरीर हेर्दा पनि खासै राम्रो देखिँदैन । त्यसो भए मोटोपन नियन्त्रण गर्न तथा घटाउन के गर्ने त ? केही टिप्स जान्नुहोस् :डा. प्रकाशराज रेग्मी, मुटुरोग विशेषज्ञ १. गुलिया र चिल्लो खानेकुराले मोटोपन अस...
असफल भएपछि सडकबाट ओटासिल प्रविधि ‘फेज-आउट’ !

असफल भएपछि सडकबाट ओटासिल प्रविधि ‘फेज-आउट’ !

काठमाडौं, २४ पुस । सडक निर्माणमा सस्तो मानिएको ‘ओटासिल’ प्रविधि नेपालबाट विस्थापनको संघारमा पुगेको छ । विश्व बैंकले करिब १२ वर्षअघि सडक निर्माणका लागि भित्र्याएको उक्त प्रविधि नेपालका लागि उपयुक्त नभएको निष्कर्षमा विकासे अड्डाहरु पुगेका हुन् । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)ले समेत ओटासिल नयाँ सडक परियोजनामा नअपनाउने भएको छ । अर्बौं खर्च गर्दा पनि सडकको अवस्था सुधार हुन नसक...
संकटा क्वार्टरफाइनलमा

संकटा क्वार्टरफाइनलमा

धनगढी, २४ पुस । संकटा क्लब आइतबार धरान फुटबललाई ‘सडेन डेथ’मा ५–४ ले पराजित गर्दै सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । दुवै क्लबले निर्धारित समय गोलरहित बराबरी खेलेका थिए । त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट भयो । धरानले खेलको २६औँ मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्न चुकाएको थियो । धरानका प्रकाश बुढाथोकीले प्रहार गरेको पेनाल्टीको संकटाका गोलरक्षक विन...
यसरी ठगिँदैछन् पाईला पाईलामा उपभोक्ता

यसरी ठगिँदैछन् पाईला पाईलामा उपभोक्ता

काठमाडाैँ, २४ पुस । सरकारी निकायको फितलो अनुगमन तथा कमजोर कानुनको फाईदा उठाउँदै ब्यापारीले कम गुणस्तरको सामान महँगो मुल्यमा उपभोक्तालाई बिक्री गरिरहेको पाइएको छ । उपभोक्ता अधिकारका विषय नारामा मात्र सीमित रहँदा वस्तु तथा सेवा क्षेत्रमा उपभोक्ता पाईला पाईलामा ठगिने गरेका छन् । व्यवासयीले हरेक क्षेत्रमा उपभोक्ता ठगिरहेको विभिन्न अध्ययनले देखाएको छ । स्वास्थ्य, शिक्षा, खाद्यान्न, पेट्रोलियम, सुनच...
अन्तरबैंक दर ३ प्रतिशत तल, बजारमा ५१ अर्ब तरलता

अन्तरबैंक दर ३ प्रतिशत तल, बजारमा ५१ अर्ब तरलता

५ प्रतिशतको हाराहारीमा रहेको अन्तरबैंक ब्याजदर आइतबारसम्ममा २.९७ प्रतिशतमा झर्‍यो वित्तीय प्रणालीमा तरलता बढ्दै गएपछि अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेको छ । पुसको पहिलो सातातिर ५ प्रतिशतको हाराहारीमा रहेको अन्तरबैंक ब्याजदर आइतबारसम्ममा २.९७ प्रतिशतमा झरेको हो । बजारमा तरलता बढ्दै गएपछि अन्तरबैंक ब्याजदर करिडोरको तल्लो बिन्दुभन्दा पनि तल झरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थ...
प्रचण्ड फकाउँदै कांग्रेस, सरकार गठनमा तालमेल गर्ने यस्तो छ गृहकार्य

प्रचण्ड फकाउँदै कांग्रेस, सरकार गठनमा तालमेल गर्ने यस्तो छ गृहकार्य

काठमाडौं, २४ पुस । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री दिएर आफ्नो गठबन्धनमा ल्याउने गृहकार्य अगाडि बढाएको छ । वाम गठबन्धनबीच पार्टी एकीकरणमा ढिलासुस्ती भईरहेका बेला कांग्रेसका केही नेता प्रचण्ड निकटका नेतासँग नयाँ सरकार गठनमा तालमेल गर्ने गृहकार्यमा जुटेका छन् । कांग्रेसले शान्ति प्रक्रियाको बाँकी काम एमालेसँगको एकताले...
चिसोले जनजीवन कष्टकर, झण्डै दुर्इ दर्जनको ज्यान गयो, आन्तरिक उडान प्रभावित

चिसोले जनजीवन कष्टकर, झण्डै दुर्इ दर्जनको ज्यान गयो, आन्तरिक उडान प्रभावित

काठमाडौं,२४ पुस। राजधानीबाट सोमबार प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा फरक–फरक विषय परेका छन् । चिसोले देशभरको जनजीवन प्रभावित भएको समाचारलाई आज सबैजसो दैनिक पत्रिकाहरुले लेखेका छन् । पत्रपत्रिकाहरुले पछिल्लो वर्षका चिसोहरुको विश्लेषणसमेत गरेका छन् । सरकारले प्रदेशको अस्थायी मुकाम तोक्नैपर्ने संवैधानिक दायित्व पूरा नगर्दा प्रदेश राजधानीको मुद्दा गिजोलिन पुगेको छ । यही कारण द...
शीतलहरले सप्तरीमा १४ जनाको मृत्यु

शीतलहरले सप्तरीमा १४ जनाको मृत्यु

सप्तरी, २३ पुस। अत्यधिक बढेको चिसोले सप्तरीमा आइतबार दुई जनासहित हालसम्म १४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, आइतबार कञ्चनरुप नगरपालिका ७ का ६१ वर्षीय उत्तम मरिक डोम र वडा नम्बर २ बरमझियाका ५५ वर्षीय बेचन शेखको चिसोका कारण मृत्यु भएको हो । यसैगरी शनिबार पनि एक काखे बालकसहित पाँच जनाको मृत्यु भएको थियो । शीतलहरबाट प्रभावित भई निमोनिया लागेका कञ्चनरुप नगरपालिका ४ जगतपुर निवासी ललित चौधरीका ७ ...
वाम गठबन्धनमा भाँजो हाल्न मधेसवादी दल सक्रिय: बिजुक्छे

वाम गठबन्धनमा भाँजो हाल्न मधेसवादी दल सक्रिय: बिजुक्छे

भक्तपुर, २३ पुस। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार गठन र पार्टी एकताको तयारीमा रहेका वाम गठबन्धनलाई तोड्न बाह्य शक्तिको षड्यन्त्र भइरहेको दाबी गरेका छन् । नेपाल पत्रकार महासंघ भक्तपुरको २१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले भने, – ‘एमाले र माओवादी केन्द्रबीच रहेको वाम गठबन्धन तोड्न बाह्य शक्ति नै लागेको छ, त्यसमाथि पनि मधेसवादी दल पनि दुई पार्टीको एकतामा ...
चिसोका कारण मोरङका सबै सामुदायिक विद्यालय बन्द

चिसोका कारण मोरङका सबै सामुदायिक विद्यालय बन्द

मोरङ, २३ पुस। जाडो अत्याधिक बढेपछि मोरङका सबै सामुदायिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । जिल्ला शिक्षा समिति मोरङको २३ पुसमा बसेको आकस्मिक बैठकले जाडोले गर्दा विद्यालयमा पठनपाठन गर्न आउने बिद्यार्थीहरुलाई सकस परेको भन्दै २८ पुस सम्मका लागि सबै सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको हो । २९ गते शनिबार भएकाले आइतबार देखि मात्र विद्यालय खुल्ने भएको छ । केही दिन यता अत्यधिक बढेको चि...
एनआरएन अमेरिकाको १०० दिनको समीक्षा

एनआरएन अमेरिकाको १०० दिनको समीक्षा

अमेरिका(ह्युस्टन), ७ जनवरी। आफ्नो कार्यकालको १०० दिन पुगेको अवसरमा एनआरएन अमेरिकाले पहिलो पटक कार्यसमिति सदस्य र आइसीसी प्रतिनिधि समेतको उपस्थितिमा समीक्षा बैठक गरेको छ । यस बैठकमा विशेषत: नयॉ कार्यसमितिले पहिलो सय दिनमा सम्पन्न गरेका र गर्न लागिएका मुख्यमुख्य नयाँ कार्यक्रमको समीक्षा गरेको मिडिया संयोजक तथा बोर्ड सदस्य बाल जोशीले जानकारी दिए । बैठकले एनआरएन अमेरिकाले आगामी दिनमा गर्ने कामहरुको...
उत्तर र दक्षिण कोरियाबीचको वार्तासँगै अमेरिकी राष्ट्रपतिले छोप्ने भए यस्तो अवसर

उत्तर र दक्षिण कोरियाबीचको वार्तासँगै अमेरिकी राष्ट्रपतिले छोप्ने भए यस्तो अवसर

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफू उत्तर कोरियाली नेतासँग कुरा गर्न इच्छुक रहेको बताएका छन् । डेभिड क्याम्प रिसोर्टमा सम्वाददाताहरुसँग उनले भने, म उत्तर कोरियाली नेतासँग वार्ता गर्न चाहन्छु, तर अहिले नै कुराकानी गरेको भने छैन । सम्वाददाताहरुले उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग फोनमै भएपनि कुराकानी गर्नुभएको त छैन भनी गरिएको प्रश्नको जवाफमा उनले सो धारणा राखेका हुन् ।  उनले भन...
वाम गठबन्धन टिक्नेमा शंका छः बिजुक्छे

वाम गठबन्धन टिक्नेमा शंका छः बिजुक्छे

भक्तपुर, २३ पुस । स्वर्गीय मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुशील बन्धु थापालाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरको २१ औ स्थापना दिवसको अवसरमा स्थापित उक्त पुरस्कार महासंघ भक्तपुरले प्रदान गर्दै आएको छ । आइतबार आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टी नारायणमान बिजुक्छेले थापालाई  पुरस्कारबाट सम्मान गरे । पुरस्कारको राशि २ हजार ५ सहित सम्मानपत्र रहेको छ । दुई...
शून्यमा झर्यो काठमाडौंको तापक्रम, जुम्लामा माईनस ८

शून्यमा झर्यो काठमाडौंको तापक्रम, जुम्लामा माईनस ८

काठमाडौं, २३ पुस । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम ० र बिहान ११ बजेको तापक्रम १४ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि पुुस २० देखि २२ गतेसम्म निरन्तर काठमाडौँको तापक्रम १ डिग्रीको हाराहारीमा पुगेको थियो ।...
धनकुटेले घेराउ गरे प्रधानमन्त्री निवास

धनकुटेले घेराउ गरे प्रधानमन्त्री निवास

काठमाडौं,२३ पुस । प्रदेश नम्बर १ को राजधानी धनकुटा हुनुपर्ने मागसहित धनकुटावासीले आइतबार प्रधानमन्त्रीको सरकारी निवास घेराउ गरेका छन् । धनकुटालाई प्रदेश राजधानी माग गर्दै आन्दोलन गरिरहेको प्रदेशिक राजधानी धनकुटा निर्माण समितिको अगुवाईमा बालुवाटारमा धनकुटेली जनताले आइतबार बिहान साढे ८ देखि ११ बजेसम्म धर्ना दिएका थिए । भौतिक पूर्वाधार ,सार्मथ्य, सुरक्षा र भौगोलिक सुन्दरता सबैमा धनकुटा राजध...
मौरी व्यावसायबाट लाखौं आम्दानी

मौरी व्यावसायबाट लाखौं आम्दानी

बागलुङ, २३ पुस । बागलुङ नगरपालिका–१३ अमलाचौरका उद्यमी जीवनबाबु खत्रीले मौरीको घार र मह बेचेर मनग्य आम्दानी गर्दै आएका छन् ।  दशकअघि ‘बेलवा मौरीपालन उद्योग’ खोलेका खत्रीको वार्षिक आम्दानी रु १२ लाख भन्दा बढी छ । विदेशी मोह त्यागेर उद्यममा लागेका उनले व्यावसायिक सफलता हासिल गरेका हुन् । खत्रीको उद्योगमा वर्षमा ८ सयभन्दा बढी मौरीका घार बन्ने गरेका छन् । साठी भन्दा बढी घारमा मौरीपालन गरेका उनले वार...
पूर्वसभासद डा. पोखरेलको निधन

पूर्वसभासद डा. पोखरेलको निधन

काठमाडौं, २३ पुस । पूर्वसभासद डा. बाबुराम पोखरेलको निधन भएको छ । प्याब्सनका पूर्व अध्यक्ष एवं भीएस निकेतनका प्रिन्सिपल समेत रहेका पोखरेलको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । पोखरेल लामो समयदेखि स्वास प्रश्वाससम्वन्धी रोगबाट पीडित थिए । अमेरिकामा रहेका छोरा मंगलबार आएपछि उनको अन्त्येष्टि गर्ने तयारी छ । पोखरेलका श्रीमती र दुई छोरा छन् । मानव संसाधन विकासमा विद्यावारिधी गरेक...
सरकारी पैसा वाणिज्य बैंकमा सार्ने तयारी

सरकारी पैसा वाणिज्य बैंकमा सार्ने तयारी

काठमाडौँ, २३ पुस । राष्ट्र बैंकमा खोलिएका सरकारी खातामा रहेको पैसा वाणिज्य बैंकहरूमा स्थानान्तरण गर्ने तयारी भएको छ । उद्योगी व्यवसायी र बैंकहरूको आग्रहमा सरकारले आफ्नो ढुकुटीमा रहेकोमध्ये केही रकम वाणिज्य बैंकहरूमा पठाउन लागेको हो । उक्त रकम कुन विधि र प्रक्रियामार्फत पठाउने भन्ने सम्बन्धमा गृहकार्य भइरहेको अर्थसचिव शंकरप्रसाद अधिकारीले बताए । ‘वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्या व...
जाडोले बेहोस हुँदा धामीझाँक्रीको भर, एक बालकसहित तीनको मृत्यु

जाडोले बेहोस हुँदा धामीझाँक्रीको भर, एक बालकसहित तीनको मृत्यु

 सिरहा,२३ पुस। अत्यधिक चिसोका कारण सिरहामा एक नाबालकसहित तीन जनाको मृत्यु भएको छ । गएराति गोलबजार नगारपालिका–४ निवासी शम्भु साहको छ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतोको मृत्यु भएको हो । जाडोका कारण बेहोस भएका बालक साहको धामीझाँक्री लाउन थालेपछि मृत्यु भएको स्थानीय रामभरोसी यादवले जानकारी दिए । यस्तै चिसोकै कारण शनिबार धनगढीमाई नगरपालिका–७ कसहा निवासी ५५ व...
error: Content is protected !!