रासस

विराटनगर, ३० पुस। विगत तीन पुस्तादेखि कटहरी गाउँपालिका वडा नं १ मा बसोबास गरिरहेका सुकुम्बासीले अन्य खाली जग्गामा घरबासका लागि आफूहरुको व्यवस्था गराउनुपर्ने सम्बन्धित निकायसँग माग गरेका छन् ।

उनीहरुले शनिबार पत्रकार सम्मेलन गरी कटहरी गाउँपालिका तथा वडा नं १ को कार्यालयले आफूहरु बसिरहेको घर टहरा हटाउन सूचना जारी गरेकामा समेत आपत्ति जनाएका छन् ।

विगत तीन पुस्तादेखि उक्त स्थानमा बसिरहेकामा गत साउन महिनामा आएको बाढीले घर डुबान तथा कृषि बजार निर्माण गर्न उक्त जग्गामा बाटो निर्माण भएकाले सो स्थान छाडी छेउका नारी विकास संघ झम्टोकी पछाडिको खाली पर्ती जग्गामा एक महिना अगाडि बसोबास गरेको पत्रकारलाई बताएका छन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य मोहम्मद अब्जलले सुकम्बासीलाई अन्य खाली जग्गा व्यवस्था गरेमा उक्त जग्गा खाली गर्ने बताए ।

उक्त एलानी जग्गा मसानघाट रहेको सो क्षेत्रमा १५ घर परिवारका करिब ६० जना अत्यन्त गरिब मुस्लिम परिवार बसोबास गरिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!