काठमाडौं, ३० पुस । पहिलो पटक सहभागिता जनाएको दृष्टिविहीन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । नेपालले श्रीलंकालाई शनिबार सम्पन्न खेलमा ३ सय ३९ रनको फराकिलो नतिजा सुम्पिएको हो ।

Advertisement

श्रीलंकाले दिएको ४ सय ९५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ३३.४ ओभरमा १ सय ५५ रनमा समेटिएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ४० ओभरमा ५ विकेट गुमाउँदै ४ सय ९५ रनको योगफल खडा गरेको थियो । श्रीलंकाका डिमुथ रवीन्द्रले अविजित १ सय ७० र चन्दन देशप्रियाले अविजित १ सय १९ रन जोडे ।

नेपालले यसअघि पहिलो खेलमा आयोजक पाकिस्तानलाई ९ र दोस्रो खेलमा बंगलादेशलाई ४ विकेटको नतिजा सुम्पिएको थियो । नेपालले आइतबार भारत र सोमबार अस्ट्रेलियाको सामना गर्दै छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!