राष्ट्रिय सभा निर्वाचन: गठबन्धनले ४३ सिटमा उम्मेदवारी दिने
काठमाडौँ, ४ माघ । वाम गठबन्धनले राष्ट्रिय सभा चुनावमा ४३ सिट जित्ने आकलन गर्दै त्यति नै सिटमा मात्र उम्मेदवारी दिने भएको छ । राष्ट्रिय सभाका ५९ मध्ये ५६ सांसद निर्वाचनबाट चुनिन्छन् । तर गठबन्धनले ४३ सिटमा मात्र उम्मेदवारी दिन लागेको हो । त्यसमा एमालेले २९ र माओवादी केन्द्रले १४ उम्मेदवार उठाउने सहमति भएको छ ।
राष्ट्रिय सभाका उम्मेदवारलगायतका विषयमा गृहकार्य गर्न गठित गठबन्धनको कार्य...
























