काठमाडौँ, ८ माघ।  नेपाल सरकारले अफगानिस्तानको काबुलस्थित होटलमा शनिबार भएको हमलाप्रति भत्र्सना गरेको छ ।

उक्त घटनालाई मानवीय क्षति तथा निर्दोष व्यक्ति घाइते हुने गरी गरिएको बर्बर तथा विवेकहीन संज्ञा दिँदै परराष्ट्र मन्त्रालयले घाइतेको स्वास्थ्यलाभको कामना गर्दै सो घृणित अपराध कर्मलाई न्यायिक कठघरामा ल्याउनुपर्ने आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकार अफगानी सरकार तथा उक्त घटनामा परी ज्यान गुमाएका नागरिकप्रति हार्दिक समवेदना तथा सहानुभूति व्यक्त गर्दछ ।”

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!