विराटनगर, ८ माघ। आठ लाख पचास हजार अवैध भारतीय रुपैयाँसहित आज एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा भद्रपुर–१ क ५० वर्षीय आनन्द मितल रहेको छ । उनलाई विराटनगरको ट्राफिकचोक क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सटही गर्न खोजिरहेको अवस्थामा उनको साथबाट प्रहरीले भारतीय नोट दुई हजारको ४२५ थान बरामद गरेको जनाएको छ ।

Advertisement

पक्राउमा परेका मितललाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र आवश्यक कारबाहीका लागि नगदसहित ललितपुरस्थित राजस्व अनुसन्धान विभागमा पठाइने पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!