राष्ट्रियसभा चुनावः उम्मेदवारको नामावली प्रकाशन आज
काठमाडौं ,१४ माघ। माघ २४ का लागि तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली आज प्रकाशन हुने भएको छ ।
निर्वाचन आयोगले गत बुधबार राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । उम्मेदवारी दर्तापछि उजुरी गर्न समय दिएको आयोगले त्यसको छानबिन सकेलगत्तै नामावली प्रकाशन गर्न लागेको हो ।
आयोगले शनिबार उम्मेदवारविरुद्ध परेका उजुरीमाथि निर्णय गरिसकेको छ ।...




























