नख्खु कारागारमा मनोसामाजिक अस्पताल
ललितपुर, १५ माघ। नख्खु कारागारमा मनोसामाजिक अस्पताल बनेको छ । भवन निर्माणको काम अन्तिम चरणमा पुगेकाले केही महिनापछि नै अस्पताल सञ्चालनमा आउने जनाइएको छ । यो अस्पताल कारागारमा सञ्चालित पहिलो मनोसामाजिक अस्पताल हुनेछ ।
यस कारागारमा रहेका झण्डै ८०० जना कैदी/बन्दीमध्ये करिब २०० जना मानसिक रोगी रहेको जेलर टेकबहादुर केसी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मानसिक अस्पताल लगनखेलमा भएकाले पहिलेदेखि नै यह...



























