नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाइने
नेपालगन्ज, ११ माघ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँके जिल्लाको ऐतिहासिक भूमिकालाई कुनै पनि हालतमा ओझेलमा पर्न नदिइने बताउनुभएको छ ।
यहाँ आजदेखि शुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन गर्दै उहाँले प्रदेशको राजधानी जहाँ भए पनि प्रदेशअन्तर्गतका सबै जिल्लाको विकासको गति रोकिन नदिनेतर्पm सोच्नुपर्छ भन्नुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले नेपालगन्जबाट मानसरोवर जाने तीर...




























