रासस

जितपुर, कपिलवस्तु, २४ माघ ।  सीमा नाका कृष्णनगरबाट यहाँ एक चेलीको उद्धार गरिएको छ ।

मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था केआई नेपालले सीमा निगरानी गर्ने क्रममा मंगलबार पुनः कपिलवस्तुकी एक किशोरीको उद्धार गरेको हो । यहाँको बुद्धभूमि नगरपालिका बस्ने १९ वर्षीया एक किशोरी भारतको बलरामपुर जाँदैगर्दा सीमा नाका कृष्णनगरबाट उद्धार गरिएको जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिनुभयो ।

Advertisement

विश्वकर्माका अनुसार निज चेली घरमा कुनै जानकारी नदिई भारतको बलरामपुर जाँदैगर्दा सीमाबाट उद्धार गरिएको हो । उद्धारपश्चात् आवश्यक सोधपुछ गर्दा बाबाले सधैँ मदिरा सेवन गरेर कुटपिट गर्ने र घरमा आर्थिक अवस्थासमेत कमजोर रहेका कारण भारततिर जान लागेको निज चेलीले बताएको विश्वकर्माले बताउनुभयो ।

भारत जाँदा आउन सक्ने जोखिमलाई हेरी निजका अभिभावक बोलाई आवश्यक प्रक्रिया पु¥याई निज चेलीलाई आत्मनिर्भर बनाउने उद्देश्यले केआई नेपालको सुरक्षित आवासगृह चितवनमा विभिन्न सीप सिकाउनका लागि रिफर गरिएको विश्वकर्माले जानकारी दिनुभयो ।

विश्वकर्माका अनुसार जोखिममा रहेका चेलीलाई सीप उपलब्ध गराई व्यवसायमा समेत सहयोग गर्ने हुँदा धेरै चेलीको जीवनमा सकारात्मक परिवर्तन आएको देख्दा गर्व महसुश हुने बताउनुभयो । करिब एक महिनाको अवधिमा चारजना चेलीको विभिन्न जोखिमबाट उद्धार गरी केआई नेपालको सुरक्षित आवासगृहमा पठाइएको संयोजक विश्वकर्माले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!