पहिलो चरणमै राष्ट्रपति र उपराष्ट्रपतिको चयन !
काठमाडौँ, फागुन ९ गते । संघीय र प्रदेश संसदमा दलहरुवीच भएको सांसद सङ्ख्याअनुसार यसपटकको राष्ट्रपति र उपराष्ट्रपतिका लागि हुने चुनाव पहिलो ‘राउण्ड’मै टुङ्गिने सम्भावना देखिएको छ । निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मतभार प्राप्त गर्ने व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने व्यवस्था छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि संघीय संसद्का ३३४...





























