बैतडी, १० फागुन । जिल्ला अदालत, बैतडीले सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जन्मकैदसहित आठ वर्ष थप अर्थात् २८ वर्ष कैद सजायको फैसला गरेको छ ।

गत साउन ३ गते मेलौली नगरपालिकाकी १६ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले आरोपी पाटन नगरपालिका–१ का १८ वर्षीय भरतराम लुहारलाई जबर्जस्तीकरणीमा जन्मकैदसहित आठ वर्ष थप अर्थात् २८ वर्ष कैद सजाय सुनाएको छ ।

Advertisement

सोही ठाउँका २७ वर्षीय मनोजराम दयाललाई पनि जन्मकैदको सजाय सुनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!