बुटवल, ९ फागुन । गुण्डा नाइके भनेर चिनिने मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा आज बिहान मारिएका छन् ।

Advertisement

रुपन्देहीको देवदहमा बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ । देवदह नगरपालिका–४ भवानीपुरमा गोली लागेर ढलेका दुवै जनालाई लुम्बिनी अञ्चल अस्पताल लगिएकामा अस्पतालले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताउनुभयो ।

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को विशेष सूचनाका आधारमा देवदह–४ भवानीपुरमा प्रहरीले गरेको सर्च अपरेशनमा मोटरसाइकलमा सवार दुई जनासँग प्रहरीको मुठभेड भएको प्रहरी उपरीक्षक ज्ञवालीले बताउनुभयो । प्रहरीले पुनका साथबाट एउटा पेस्तोल पनि बरामद गरेको छ ।

प्रहरीलाई नै आक्रमण गरेर भाग्न खोजेपछि गोली चलाइएको प्रहरी उपरीक्षक ज्ञवालीले बताउनुभयो । पुनलाई गत वर्ष देवदहमा युवा संघका नेता दुर्गा तिवारीको हत्या गरेको, गत असोजमा काठमाडौँमा निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न भएको र गत पुस २२ गते देवदहमा काठ व्यवसायी वसन्त पौडेलको हत्या गराएको आरोप लगाइएको छ । व्यापारीको हत्या गर्ने र फिरौती असुल्ने धन्दा उनले चलाउँदै आएको अभियोग पनि छ ।

अभियुक्त पुनलाई पक्राउ गर्न एक वर्ष पहिलेदेखि प्रहरी टोली सक्रिय थियो । सिआइबीले विशेष समूह बनाएर पुनको समूहलाई खोजी गर्दै आएको थियो ।हत्या र फिरौती आतंकका मुख्य अभियुक्त मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (एसपी) श्याम ज्ञवालीका अनुसार रुपन्देहीको देवदहमा प्रहरी माथि पुनले फायर गरेपछि जवाफी कारवाही गर्दा पुनसहित उनका सहयोगीलाई गोली लागेको थियो । पुनसंगै रहेका मुख्य सहयोगी सोम बहादुर आले पनि मारिएका छन् ।

मनोज पुनलाई १२ गोली

मनोज पुनलाई १२ गोली लागेको छ । अगाडीको भागमा ८ वटा, बायाँ तिघ्रामा २ वटा, पछाडि ढाडमा १ वटा, दायाँ हातको पाखुरामा १ गरी १२ गोली लागेको प्रहरीको मुचुल्कामा उल्लेख गरिएको छ।

सोम बहादुर आलेलाई १० गोली
पुनसंगै रहेका मुख्य सहयोगी सोम बहादुर आलेलाई १० गोली लागेको छ । उनकाे छातिमा ५ वटा, दायाँ खुट्टाको साप्रामा १ वटा, पेटको दायाँ भागमा १ वटा, ढाडको बायाँ साइटमा १ वटा र बायाँ कोखमा २ गरी  १० गोली लागेको छ ।

बिहान साढे ३ बजे प्रहरी इन्काउन्टर

रुपन्देहीको देवहद नगरपालिका-४ भवानीपुरमा आज  बिहान साढे ३ बजे प्रहरी इन्काउन्टरमा गम्भीर घाइते भएका पुन र आलेको बिहान लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रमुख ज्ञवालीले बताए । रुपन्देहीमा पुन आएको भन्ने सुचनाका आधारमा प्रहरी टोलि खटिएको थियो ।

सिआइबीका एसएसबी घनश्याम अर्यालले पुन र उनका सहयोगी आले प्रहरी इन्काउन्टरमा मारिएको पुष्टि गरेका छन् । प्रहरीले पुनका साथबाट एउटा पेस्तोल समेत बरामद गरेको छ ।

पुन देवदह निवासी हुन् । गुण्डा नाइके पुनले युवा संघ रुपन्देहीका तत्कालिन अध्यक्ष दुर्गा तिवारी र संघका नेता तथा युवा व्यवसायी बलु पौडेलको हत्यामा आफ्नो संलग्नता रहेको सञ्चार माध्यमबाट बताउँदै आएका थिए  । विभिन्न हत्या तथा आंतकमा पुन मुख्य फरार अभियुक्त हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!