प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने तयारी
काठमाडौं, ८ फागुन। सरकारले प्रदेशमा ६० प्रतिशत कर्मचारी पठाए पनि कार्यस्थलमा भने १५ प्रतिशत मात्रै कर्मचारी पुगेका छन् । खटाएको स्थानमा कर्मचारी जान नमानेपछि सरकारले उनीहरुलाई बर्खास्त गर्ने तयारी गरेको छ ।
सरकारले प्रदेशको कामकाजका लागि अहिलेसम्म एक हजार कर्मचारी खटाइसकेको छ । जसमध्ये एक सयको हाराहारीमा मात्रै कार्यस्थल पुगेका छन् । बाँकी कर्मचारी प्रदेशमा जान अटेर गरेर बसेका छन् । धेरैजसो बी...































