रेशमलाललाई पुर्पक्षका लागि कैलाली कारागारमा पठाउन आदेश

रेशमलाललाई पुर्पक्षका लागि कैलाली कारागारमा पठाउन आदेश

धनगढी, १५ फागुन । जिल्ला अदालत कैलालीले टीकापुर घटनाको मुख्य अभियुक्त रेशमलाल चौधरीलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले सोमबार चौधरीलाई थुनामा राखेर कारबाही प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो । टीकापुर घटनाको झण्डै ३० महिनापछि अदालतमा आफूविरुद्ध दायर गरिएको मुद्दाको प्रतिवाद गर्न  निवेदनसहित अभियुक्त ...
समृद्धि र विकासका लागि वाम गठबन्धनसहितको सरकार गठन हुने

समृद्धि र विकासका लागि वाम गठबन्धनसहितको सरकार गठन हुने

राजविराज, १५ फागुन ।  प्रदेश नं २ मा वाम गठबन्धनसहितको सरकार गठन हुनसक्ने नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा प्रदेश नं २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्, सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित ‘होलीको शुभकामना, बधाई तथा सम्मान कार्यक्रम’ मा नेता मण्डलले प्रदेशको समृद्धि र विकासका लागि वाम गठबन्धनसहितको सरकार बनाउने प्रयास भइरहेको बताउनुभयो । “प्...
कक्षा १ पढ्न ५ लाख शुल्क !

कक्षा १ पढ्न ५ लाख शुल्क !

काठमाडौं, १५ फागुन । ललितपुर सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा कक्षा १ का विद्यार्थीको भर्ना शुल्क ५० हजार रुपैयाँ छ। त्यसबाहेक सुरक्षा धरौटी भन्दै स्कुलले वार्षिक ४० हजार रुपैयाँ लिन्छ।त्यसैगरी, पुस्तकालय शुल्क शीर्षकमा सात हजार पाँच सय, वार्षिक स्टेसनरी शीर्षकमा २५ हजार दुई सय, आईबी कोर्स तथा आईसीटी शीर्षकमा १४ हजार चार सय, मासिक ट्युसन शुल्कबापत २५ हजार र लन्च तथा स्न्याक्स शीर्षकमा ६ ...
सिरियामा शान्ति प्रस्ताव तत्काल कार्यान्वयन गर्न राष्ट्रसंघ प्रमुखको आग्रह

सिरियामा शान्ति प्रस्ताव तत्काल कार्यान्वयन गर्न राष्ट्रसंघ प्रमुखको आग्रह

जेनेभा, १५ फागुन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुथ्रेसले द्वन्द्वसँग जोडिएका सवै दलहरूलाई शान्ति प्रस्ताव तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । उहाँले सोमबारको एक वक्तव्यमा राष्ट्रसंघीय सुरक्षा परिषद्ले पारित गरेको तीस दिने युद्धविरामसहितको प्रस्ताव कार्यान्वयन गर्न आग्रह गर्नुभएको हो । “उनीहरूले सुरक्षा परिषद्को शान्ति प्रस्ताव प्रभावकारी रूपले कार्यान्वयन गरे मात्रै यसको अर...
श्रीदेवीको ‘दुर्घटनावस डुबेर’ मृत्यु: दुबई सरकार

श्रीदेवीको ‘दुर्घटनावस डुबेर’ मृत्यु: दुबई सरकार

दुबई , १५ फागुन । बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘वाथ टव’ मा डुबेर मृत्यु भएको दुबई सरकारले सोमबार जानकारी गराएको छ । वलिउड नायिकाको पूरा नाम, राहदानी नं तथा निधन भएको मिति र मृत्युको कारण खुलाइएको विधिविज्ञान परीक्षण प्रतिवेदनमा संयुक्त अरब इमिरेट्स (युएई) सरकारको स्वास्थ्य मन्त्रालयको छाप तथा दुबईको रोग निरोधक औषधि विभागका निर्देशक तथा वरिष्ठ चिकित्सक सामी वाडीको हस्ताक्...
सवै पार्टीले शर्त मानेमा सिरियामा युद्धविराम सम्भव: रसिया

सवै पार्टीले शर्त मानेमा सिरियामा युद्धविराम सम्भव: रसिया

मस्को,१५ फागुन ।  रुसका विदेश मन्त्री सर्गेइ लाभरोभले सिरियाका सवै दलहरूले सर्तहरू मान्न तयार भए मात्रै राष्ट्रसंघीय सुरक्षा परिषद्को युद्धविरामको प्रस्ताव कार्यान्वयन हुने बताउनु भएको छ । सुरक्षा परिषद्को प्रस्ताव २४०१ कार्यान्वयन गर्न धेरै बाधाहरु आइपरेको उहाँले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । सुरक्षा परिषद्को उक्त प्रस्तावमा सिरियाका सवै पक्षलाई कम्तिमा तीस दिने युद्धविराम गरी म...
४४ सय कर्मचारीले दिए स्वैच्छिक अवकाशको निवेदन

४४ सय कर्मचारीले दिए स्वैच्छिक अवकाशको निवेदन

काठमाडौं, १५ फागुन । सामान्य प्रशासन मन्त्रालयले स्वैच्छिक अवकाशमा जाने कर्मचारीहरूका लागि करिब १५ अर्ब खर्च हुने अनुमान गरेको छ । सोमबारसम्म देशभरका कार्यालयबाट कुल ४४ सय ६२ जनाले स्वैच्छिक अवकाशका लागि निवेदन दिएको सामान्य प्रशासन मन्त्रालयको स्वैच्छिक अवकाश एकाइका उपसचिव धर्मराज रोकायले बताए । स्वैच्छिक अवकाशका लागि दर्ता भएका निवेदन संकलन जारी छ । १९ फागुनसम्म संकलन गर्ने समय रहेकाले अवकाश ...
अस्पताल परिसरमै लागुऔषध कारोबार

अस्पताल परिसरमै लागुऔषध कारोबार

भक्तपुर, १४ फागुन ।  भक्तपुर अस्पताल परिसरमै लागुऔषध कारोवार हुने गरेको तथ्य बाहिर आएको छ । अस्पतालको चौरमा लागुपदार्थ दुव्र्यसनी र कारोवारीबीच विभिन्न नामका लागुऔषध किनबेच हुँदै गर्दा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर, हेटौँडा उपमहानगरपालिका वडा नं ६ बस्ने ३० वर्षीय आशिष कार्की, सिन्धुपाल्चोक साँगाचोक नगरपालिका वडा नं ९ बस्ने ३० वर्षीय रमेशबहादुर खत्री, सिन्धुपाल्चोककै...
प्रदेश १ मा दुई समिति गठन

प्रदेश १ मा दुई समिति गठन

विराटनगर, १४ फागुन । आज प्रदेश नं १ को प्रदेशसभा बैठकले सभामुखको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरेको छ । प्रदेशसभा बैठकको कार्यसूची, प्राथमिकता, समय निर्धारणलगायतका विषय तय गर्न र आवश्यक भए सभामुखलाई अन्य विषयमा परामर्शसमेत दिन सभामुख प्रदीपकुमार भण्डारीको अध्यक्षतामा कार्यव्यवस्था समिति गठन गरिएको हो । उपसभामुख र प्रदेशको कानून हेर्ने मन्त्री...
सिरियामा हराउदैँ मानवियता – हेर्नुहोस हृदयविदारक १० तस्विरहरु

सिरियामा हराउदैँ मानवियता – हेर्नुहोस हृदयविदारक १० तस्विरहरु

जेनेभा, १४ फागुन । रुसी समर्थन प्राप्त सिरियाली सरकारी सैन्यले विद्रोहीहरूमाथि आक्रमण गरिरहेका छन्। हमलामा परेर सिरियाको गुटा क्षेत्रमा मात्र कम्तीमा ७ सय सिरियाली नागरिक मारिएका छन् । मारिनेहरू मध्ये एक चौथाइ बालबालिकाहरू रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमध्ये अधिकांश हवाई आक्रमणमा परेका हुन् ।  हमलामा सैयौ बालबालिका मारिएको र बेपत्ता भएको जनाएको छ ।  केही दिनदेखि च...
अतिप्रभावित १४ जिल्लामा एक लाख २३६ घर पुनःनिर्माणमा

अतिप्रभावित १४ जिल्लामा एक लाख २३६ घर पुनःनिर्माणमा

काठमाडौँ, १४ फागुन।  भूकम्प अतिप्रभावित १४ जिल्लाका ७० प्रतिशतभन्दा बढी लाभग्राही निजी आवास पुनःनिर्माण प्रक्रियामा संलग्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । आजसम्म प्राधिकरणमा प्राप्त तथ्यांकअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लाका कूल छ लाख ६७ हजार ६६२ लाभग्राहीमध्ये छ लाख १० हजार ५०० भूकम्पपीडितसँग अनुदान सम्झौता भएको छ । सोमबारसम्म एक लाख २३६ घरको पुनःनिर्माण सम्पन्न भएको छ । ती...
मन्त्रिमण्डल विस्तार : पोखरेल रक्षा, बादल गृह, डा. खतिवडा अर्थ र मातृका उद्योग मन्त्री

मन्त्रिमण्डल विस्तार : पोखरेल रक्षा, बादल गृह, डा. खतिवडा अर्थ र मातृका उद्योग मन्त्री

काठमाडौँ, १४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चार मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ दिलाइएको हो । आज शपथ लिने मन्त्रीमा ईश्वर पोखरेल, रामबहादुर थापा, मातृका यादव र डा युवराज खतिवडा हुनुहुन्छ । पोखरेल रक्षा, थापा गृह, यादव उद्योग, वाणिज्य तथा आपूर्ति ...
अधिकांश होटलले गरेका छैनन् वातावरणीय प्रभाव मूल्यांकन

अधिकांश होटलले गरेका छैनन् वातावरणीय प्रभाव मूल्यांकन

काठमाडौँ, १४ फागुन ।  अधिकांश ठूला तारे होटल तथा रिसोर्टले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरेको पाइएको छ । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरेका होटललाई कारबाही गर्न थालेपछि सो कुराको खुलासा भएको हो । ‘वातावरण संरक्षण ऐन, २०५३’ र ‘वातावरण संरक्षण नियमावली २०५४’ अनुसार होटल सञ्चालन गर्दा अनिवार्य रुपमा इआइए प्रतिवेदन तयार पारी जनसंख्या तथ...
दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा ‘जिपिएस’ जडान

दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा ‘जिपिएस’ जडान

सुर्खेत, १४ फागुन ।  दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गर्न थालिएको छ । कर्णाली प्रदेशबाट लामो दूरीमा सञ्चालन हुने सवारी साधनलाई दुर्घटनाबाट बचाउन प्रदेश सरकारको ४० बुँदे योजनाअनुसार जिपिएस जडान गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताउनुभयोे । कर्णाली प्रदेशको कर्णाली राजमार्गका केही स्थानमा सञ्चार सम्पर्क हुन नसक्ने हुँदा उक्त प्रणा...
श्रीदेवीको पार्थिक शरीर सोमबार मुम्बइ ल्याइदै

श्रीदेवीको पार्थिक शरीर सोमबार मुम्बइ ल्याइदै

मुम्बइ, १४ फागुन ।  भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको पार्थिक शरीर सोमबार मुम्बइ ल्याइने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति निधन भएको थियो । संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला शनिबार राति हृदयाघातका कारण उहाँको मृत्यु भएको थियो । अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेकोले उहाँको पार्थिक शरीर...
प्रदेशसभाको कार्यविधि नियमावली २०७४ पारित

प्रदेशसभाको कार्यविधि नियमावली २०७४ पारित

हेटौँडा, १४ फागुन ।  प्रदेश नं ३ को सभाको आज बसेको बैठकले प्रदेशसभाको कार्यविधि नियमावलीको प्रस्ताव, २०७४ लाई ध्वनि मतद्वारा पारित गरिएको छ । सो बैठकमा कार्यविधि नियमावली, २०७४ का संयोजक राजेन्द्र पाण्डेले दलगत स्वार्थभन्दा माथि उठेर उक्त प्रस्तावलाई सर्वसम्मतिबाट पारित गर्न आह्वान गर्नुभएको थियो । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नियमावली पारित भइसकेपछि प्रदेशसभाको बैठक अर्को सूचना प्...
‘काठमाडौँमा भारतीय रेल आउनुपर्छ’: भगतसिंह कोस्यारी

‘काठमाडौँमा भारतीय रेल आउनुपर्छ’: भगतसिंह कोस्यारी

काठमाडौँ, १४ फागुन ।  नेपाल भ्रमणमा रहनुभएका भारतीय जनता पार्टीका नेता भगतसिंह कोस्यारीले ‘नेपालको काठमाडौँमा भारतीय रेल आउनुपर्छ’ भन्ने अवधारणामा भारत अगाडि बढेको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाएर दुवै मुलुकले विकास र समृद्धिलाई ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न ...
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सरकार विस्तारका विषयमा छलफल

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सरकार विस्तारका विषयमा छलफल

काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार विस्तारका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नामसमेत प्रधानमन्त्रीलाई बुझाउनुभएको थियो । अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराका अनुसार आज अपराह्न ४ बजे मन्त्रीक...
सिरहा क्याम्पसको तालाबन्दी छ महिनापछि खुल्यो

सिरहा क्याम्पसको तालाबन्दी छ महिनापछि खुल्यो

लहान, १४ फागुन ।  करिब छ महिनादेखि सदरमुकाम सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा लगाइएको तालाबन्दी आज खुलेको छ । क्याम्पसमा तालाबन्दी गरेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) र क्याम्पस प्रशासनबीच हिजो आइतबार भएको वार्तामा सहमति भएपछि आजबाट तालाबन्दी खोलिएको हो । क्याम्पस प्रशासनसँग सात बुँदे सहमति भएपछि गत असोज पहिलो सातादेखि लगाइएको तालाबन्दी ...
हाेलीमा छाला र कपालको स्याहार कसरी गर्ने ?

हाेलीमा छाला र कपालको स्याहार कसरी गर्ने ?

काठमाडाैँ, १४ फागुन । रङमा विभिन्न किसिमका केमिकल प्रयोग गरिने भएकाले यसले छालामा विभिन्न प्रकारका समस्या उत्पन्न गराउन सक्छ । त्यसकारण होली खेल्नुअगाडि यसबारे ध्यान दिन ब्युटिसियन सुझाउँछन् । रङले छालालाई गर्ने असरबाट बचाउन केही सरल उपाय अपनाउन सकिने ब्युटिसियन वन्दना राईको भनाइ छ। उनका अनुसार नरिवलको तेल, चिउरीको घिउ, जैतुनको तेल एकै ठाउँमा मिसाएर पेस्ट बनाई शरीरमा लगाई तीन मिनेट मसाज गर्नुपर्छ...
राप्ती र नारायणीमा देखिए दुई भाले घडियाल गोही

राप्ती र नारायणीमा देखिए दुई भाले घडियाल गोही

चितवन, १४ फागुन ।  भाले गोहीविहीन भनिएको राप्ती र नारायणी नदीमा अहिले तीनबटा भाले गोही भेटिएको गणनाका क्रममा फेला परेको छ । गत वर्षको जेठ १० गते नारायणी नदीमा जालमा परेर एउटा घडियाल भाले गोही मरेपछि राप्ती र नारायणी नदी भाले गोहीविहीन बनेकाले गत पुस ८ गते बर्दियाबाट एउटा भाले गोही ल्याइएको थियो । निकुञ्ज विभागको नेतृत्वमा गत शुक्रबारदेखि तीन दिन लगाएर गरिएको गोही गणनाका क्रममा राप्ती नदीका दुई...
पपुवा न्यु गिनीमा ७.५ म्याग्निच्युडको भूकम्प, जापानमा भूकम्पपछी सुनामीको चेतावनी

पपुवा न्यु गिनीमा ७.५ म्याग्निच्युडको भूकम्प, जापानमा भूकम्पपछी सुनामीको चेतावनी

बेइजिङ, १४ फागुन । पपुवा न्यु गिनीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको चीनको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यस भूकम्पको विस्तृत विवरण प्राप्त भएको छैन । यस भूकम्पबाट मानवीय र भौतिक सम्पत्तीमा भएको क्षतिको बारेमा हालसम्म कुनै समाचार प्राप्त भएको छैन । त्यसैगरी प्राप्त अर्काे एक समाचारअनुसार जापानको फुकुसिमा प्रान्तमा केन्द्रब...
मन्त्रिमण्डल विस्तार हुँदै, ४ बजे शपथ ग्रहण कार्यक्रम तय

मन्त्रिमण्डल विस्तार हुँदै, ४ बजे शपथ ग्रहण कार्यक्रम तय

काठमाडौँ, १४ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तारको तयारी गरेसँगै आजै ४ बजेका लागि राष्ट्रपति भवन, शीतल निवासमा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय भएको छ । यही फागुन ३ गते प्रधानमन्त्री नियुक्त नेकपा (एमाले)का अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) र सकेसम्म मधेशी जनाधिकार फोरम नेपाललाई समेत समेटेर मन्त्रिमण्डल विस्तार गर्न लाग्नुभएको हो । हाल मन्त्रिपरिषद् तीन सदस्यी...
पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी

पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी

काठमाडौँ, १४ फागुन ।  पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ । उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो । अढाइ घण्टा बित्दासमेत आगो नियन्त्रणमा आउन सकेको छैन । अहिले चारवटा दमकलद्वारा आगो निभाउने प्रयास जारी छ । घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् । बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त...
होलीलाई लक्षित गर्दै विशेष सुरक्षा योजना

होलीलाई लक्षित गर्दै विशेष सुरक्षा योजना

चितवन, १४ फागुन । होली पर्वका अवसरमा हुने अवाञ्छित गतिविधि र इच्छा विपरीतका कार्य रोक्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । जिल्ला प्रहरी कार्यालयले फागुपूर्णिमा अर्थात् होलीलाई लक्षित गर्दै इच्छा विपरीत लोला हान्ने वा रंग लगाउने, फोहर पानी छ्याप्ने, विपरीतलिंगी वा यात्रीलाई दुःख दिनेलगायतका कार्य रोक्न विशेष सुरक्षा योजना ल्याएको हो । होली पर्व सुरक्षित, मर्यादित र शान्तिपूर्ण बनाउन...
टिकापुर घटनाका योजनाकार चौधरीले गरे अदालतसामू अात्मसमर्पण

टिकापुर घटनाका योजनाकार चौधरीले गरे अदालतसामू अात्मसमर्पण

काठमाडाैँ, १४ फागुन । टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीले अदालतसामू आत्मसमर्पण गरेका छन् ।  कैलाली जिल्ला क्षेत्र नं १ बाट निर्वाचित रेशम चौधरी आज सोमवार कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन । २०७२ भदौ ७ गतेको टिकापुर घटनाका मुख्य आरोपी चौधरी प्रहरीकाे सर्वाधिक खोजी सूचीमा थिए । चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् । टिकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ अधिकृतसहित आठ जना मारिएका...
सिरियामा तत्काल युद्धविरामका लागि रसियासँग आग्रह

सिरियामा तत्काल युद्धविरामका लागि रसियासँग आग्रह

बर्लिन, जर्मनी, १४  फागुन । जर्मनी र फ्रान्सले सिरियामा युद्धविरामका लागि ‘अधिकतम दवाव’ दिन रसियालाई आग्रह गरेका छन् । जर्मन चान्सलर एङ्गेला मर्केल तथा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरी सिरियाको गुटा क्षेत्रमा पछिल्लो समय सयौँको ज्यान जाने गरी भएको द्वन्द्वबारे ध्यानाकर्षण गराउँदै सिरियामा जारी द्वन्द्वलाई तत्काल रोक्न दवाव दिन आग्रह गरेक...
अरनिको राजमार्ग मर्मत नहुँदा सवारी चालक र स्थानीयलाई सास्ती

अरनिको राजमार्ग मर्मत नहुँदा सवारी चालक र स्थानीयलाई सास्ती

धुलिखेल, १४ फागुन ।  अरनिको राजमार्गअन्तर्गत धुलिखेलदेखि खावा सडकखण्डको मर्मत कार्यमा सम्बन्धित पक्षले बेलैमा ध्यान नदिँदा सवारी चालक, यात्रु तथा स्थानीय बासिन्दाले सास्ती ब्यहोर्दै आइरहेका छन् । सो सडक मर्मतका लागि भनेर बजेट छुट्याए पनि काममा ढिलाइ भएपछि सो राजमार्ग भएर चल्ने सवारीसाधन, यात्रु र सो क्षेत्र आसपासका स्थानीय बासिन्दाले समस्या ब्यहोर्नु परेको हो । स्थानीय बासिन्दा राधा ठकुरीले ...
भूपू विद्यार्थीद्वारा विद्यालयलाई २४ लाख सहयोग

भूपू विद्यार्थीद्वारा विद्यालयलाई २४ लाख सहयोग

राइनास, लमजुङ, १४ फागुन । लमजुङको एक विद्यालयलाई भूपू विद्यार्थीले करिब रु २४ लाख सहयोग गरेका छन् । राइनास–१० स्थित बुद्धमिलन माध्यमिक विद्यालयलाई हाल बेलायतमा रहेका भूपू विद्यार्थीले सहयोग गरेका हुन् । एक कार्यक्रमका बीच आइतबार विद्यालयलाई रु २३ लाख, ६५ हजार ७९७ हस्तान्तरण गरिएको थियो । विद्यालयको शैक्षिक गुणस्तरको लागि बेलायतमा रहेका नेपालीसँग सहयोग संकलन गरिएको संकलन अभियानका संयोजक रुद्रराज...
सिरियामा युद्धविरामका लागि प्रस्ताव अनुमोदन, युद्धविराम हुनेमा अमेरिकाको आशङ्का

सिरियामा युद्धविरामका लागि प्रस्ताव अनुमोदन, युद्धविराम हुनेमा अमेरिकाको आशङ्का

सयुक्त राष्ट्रसंघ, १४ फागुन । गएका केही दिनदेखि चरम रुपमा हत्या हिंसा भइरहेको सिरियामा कम्तीमा ३० दिनसम्म भए पनि युद्धविराम हुने भएको समाचार प्राप्त भएको छ । उक्त युद्धविरामसम्बन्धी प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अनुमोदन गरेको छ । उक्त परिषदले सिरिया देशभर नै ३० दिने युद्धविरामका लागि अपीलगर्दै शनिबार एक प्रस्ताव पारित गरेको जनाइएको छ । सिरियाली राजधानी दमास्कसको बाहिरी क्षेत्...
पाल्पा महोत्सवमा १२ करोड बराबरको कारोबार

पाल्पा महोत्सवमा १२ करोड बराबरको कारोबार

रामपुर, पाल्पा, १४ फागुन ।  पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनमा शुरु भएको पाल्पा महोत्सव तथा व्यापार मेलामा १२ करोड बराबरको कारोबार भएको छ । तानसेनको टुँडीखेल मैदानमा गत फागुन ३ देखि १३ गतेसम्म चलेको पाल्पा महोत्सव तथा व्यापार मेलामा रु १२ करोड १० लाख बराबरको कारोबार भएको छ भने तीन लाख दर्शकले मेला अवलोकन गरेको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक दीपकप्रसाद पाण्डेले बताउनुभयो । मेलाको स...
error: Content is protected !!