फलेवास, पर्वत, १८ चैत।  पदयात्रा(ट्रेकिङ)का लागि धौलागिरि पदमार्गमा जाँदा बेपत्ता भएका दुई विदेशी नागरिक फेला परेका छन् ।

हिमालपारिको जिल्ला मुस्ताङको पर्यटकीय गाउँ मार्फाको पश्चिमतर्फ धौलागिरि बेस क्याम्प जाने पदमार्गबाट शुक्रबार रातिदेखि बेपत्ता भएका चेक गणतन्त्रका दुई नागरिक शनिबार साँझ भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिनुभयो ।

Advertisement

उनीहरुलाई मार्फाभन्दा दुई किलोमिटर माथिको जंगलमा फेला पारिएको हो । प्रहरी नायब उपरीक्षक पाण्डेले भन्नुभयो, “हामीले खोज्दै जाँदा उनीहरुलाई फेला पा¥यौँ । पदमार्गमा हिँड्दै गर्दा एक जना लडेर तल खसेपछि खुट्टा भाँचिएर ढुंगामा च्यापिएको अवस्थामा भेट्टाइयो । सँगै गएका साथी पनि त्यहीँ नै रहेछन् । उनीहरुको उद्धार गरेर जोमसोम ल्याएका छौँ ।”

उनीहरु बेपत्ता भएको खबर पाएलगत्तै शनिबार बिहानैबाट प्रहरीले उनीहरुको खोजी शुरु गरेको थियो भने, सिम्रिक एयरको हेलिकप्टरबाट पनि दिनभर खोजी गरिएको भए पनि उनीहरु धौलागिरि पदमार्ग हुँदै धौलागिरि बेस क्याम्पमा जाँदै गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!